रोकियो बार्सिलोना बराबरीमा : रियल मड्रिडले भेट्ला त ?

२७ माघ ७५, सोमबार

एजेन्सी, माघ २८
गएराती भएको खेलमा अथ्लेटिक बिल्बाओसंग १-१ अंक बाडेको खण्डमा रियल मड्रिडले ६ अंकको दुरी छोट्याएको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनालाई लिगको १४औं स्थानको एथ्लेटिक बिल्बाओले गोलरहित बराबरीमा रोकेको हो ।

घरेलु टोली बिल्बाओले उत्कृष्ट रक्षात्मक खेल पस्किएपछि उसले लिग लिडर बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्दै १ अंक लिन सफल भयो ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा घरेलु टोली बिल्बाओले तुलनात्मक रूपमा बढी राम्रा गोलका अवसर बनाएको थियो । तर, बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले उत्कृष्ट बचाउ गर्दै बार्सिलोनालाई गोल खानबाट बचाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर बुनेका थिए । तर, त्यसमा दुवै टोलीका गोलरक्षकले एकअर्काका आक्रमण विफल पारिदिए । निर्धारित ९० मिनेट र थप समयमा समेत गोल हुन नसकेपछि खेल ०–० मा टुंगियो ।

Advertisement

यो खेलमा बार्सिलोना बराबरीमा रोकिँदा यसको सोझो फाइदा भने लिगको दोस्रो स्थानको रियल मड्रिडलाई पुगेको छ । यदि बार्सिलोनाले यो खेल जितेको भए उसले रियलसँग ८ अंकको स्पष्ट अग्रता बनाउने थियो ।

अब बार्सिलोनाले २३ खेलबाट कूल ५१ अंक बनाएको छ । ऊ दोस्रो स्थानको रियलभन्दा ६ अंकले अघि छ । यता, बिल्बाओ समान २३ खेलबाट २७ अंकसहित १३औं स्थानमा बसेको छ । यस खेलमा घरेलु टोली बिल्बाओ खेलको ९१औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । ओस्कार डे मार्कुस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।

रियल मड्रिडले २३ खेलमा १४ जित ३ बराबरी र ६ खेलमा हार भोगेर ४५ अंक जोडेको छ भने, समान खेलमा बार्सिलोनाले १५ जित ६ बराबरी र २ खेलमा हार भोगी ५१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top