×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026

रौतहटमा कठ्याङ्ग्रिएर १३ को मृत्यु, जनजीवन कष्टकर

२७ पुष २०७४

–रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ हर्षाहा टोलका ५५ बर्षीय बैधनाथ साह कलवारको ‘ब्रेन हेम्रेज’ बाट ज्यान गएको छ ।

–भारत बिहार घोडा शहनस्थित आफन्तको घरबाट बिहानै फर्किने क्रममा शीतलहरबाट प्रभावित कलवार उच्च रक्तचाप भएपछि अचेत भएर लडेका थिए । सडकमै लडेका उनको शिवनगरस्थित उपचारको क्रममा मंगलबार राति निधन भएको मृतकका भाई गणेश साह कलवारले बताए ।

Advertisement
Advertisement

–चिकित्सकले गणेशलाई बताएअनुसार कलवारको अत्याधिक चिसोका कारण उच्च रकतचाप भई ब्रेन हेम्रेज भएकाले मृत्युु भएको हो ।

–अत्यधिक जाडो भएपछि जाडो छल्न आगो ताप्दा  बिजयपुर लक्ष्मिनिया टोलका राजेश माझी मुसहरकी श्रीमती ईन्दुु देवी गम्भिर घाईते भइन् । २२ बर्षिया ईन्दुको बिरगंजस्थित नारायणी उप क्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ ।

यी त भए केही प्रतिनिधि उदाहरण मात्र, रौतहट निर्वाचन क्षेत्र ३ ‘ख’ का सांसद कुुन्दन कुुश्वाहाका अनुसार लगातारको शीतलहरले रौतहटमा कठयांग्रिएर ज्यान गुमाउनेको संख्या १३ पुुगेको छ । तर, प्रहरी तथ्यांकमा भने यो संख्या झण्डै आधामात्रै छ । ‘रौतहटमा कठयांग्रिएर हालसम्म आठजनाको मात्रै ज्यान गएको छ’ जिल्ला प्रहरी प्रवक्ता डिएसपी राम कुुमार दानी बताउँछन् । तर, स्थानीयले भने १३ जनाको मृत्यु भइसकेको बताएका छन् ।

अहिलेसम्म चिसोका कारण मृत्यु हुनेहरु 
१.बैद्यनाथ साह, कटहरिया नगरपालिका ४ हर्षाहा
२.फुलकुमारी देवी, गुजरा नपा ७
३.अलख सिंह, राजदेवी नपा
४.चकली देवी, दुर्गा भगवती गापा ५
५.लालु राउत, गौर नपा २
६.रामपुकारी देवी, गौर नपा ४
७.बेचबहादुर राना,गौर नपा ५
८.बिद्या महतो, गौर नपा ५
९.अवधी राय, राजदेवी नपा ७
१०.शेख समिम,परोहा–२
११.मरछिया देवी परोहा–९
१२. नेक महमद मियाँ, गढिमाई
१३.महर्जन ठाकुर, गढिमाई नपा ४

बर्षायामामा बाढी र हिउँदमा शीतलहर मधेसी जनताका लागि अभिसाप नै बन्ने गरेको छ । बर्षामा रौतहटमा बर्षेनी दर्जनौ मानिस डुुबेर ज्यान गुुमाईरहेका छन् भने हिउँदमा न्यानो कपडाको अभावमा ज्यान गुुमाईरहेका छन् ।

पुष पहिलो साताबाटै सुरु भएको शीतलहर अझै जारी छ । दिनभर लाग्ने हुस्सु र चल्ने चिसो हावाले कतिको ज्यान लिइसकेको छ त कति कष्टपुर्ण ढंगले बाँचिरहेका छन् ।

सदरमुकाम गौर, चन्द्रपुर,गरुडा,कटहरिया लगायतका बजारमा मानिसको चहलपहल दैनिक घटदै गएको छ । ब्यापार ब्यवसाय ठप्प प्राय छ ।

दीर्घकालिन व्यवस्थापनको अभाव
शीतलहरबाट यति धेरैको ज्यान गइसकेको र बाँकी रहेकाहरुले पनि कष्टपूर्ण जिउन बाध्य भएपनि राहतका लागि स्थानीय प्रशासनले दीर्घकालिन र प्रभावकारी पहलकदमी गरेको पाइदैन ।

जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी,नेपाली सेना र बिभिन्न दातृ निकायबाट जिल्लाका केही स्थानमा न्यानो कपडा बितरण तथा बजारचोकमा दाउरा बालिएको समाचार आएपनि ति समाचार सञ्चारमाध्यममै सिमित छन् । कतिपयले त पीडितहरुलाई सहयोगको नाममा चाउचाउ, विस्कुट र एकदुई जोर कपडा दिएको फोटो खिचाएर आफ्नो प्रचार प्रसार गरेर धन्दा नै चलाइरहेका समेत गुनासा आइरहेका छन् ।

जिल्लाका १८ वटा स्थानीय तहको बजारबाहेक दलित,बिपन्न टोलहरुमा न्यानो कपडा र दाउराको व्यवस्था गर्न कसैको ध्यान गएको छैन ।
स्थानीय प्रशासनले प्रत्येक स्थानीय तहलाई गाउँ टोलमा दाउरा बितरण गर्न अनुुरोध गरेपनि त्यो औपचारिकतामा मात्रै सिमित छ ।

नगरपालिकाको दावी
नगरपालिकाले एउटा वडामा दुुई ट्याक्टरसम्म दाउरा बितरण गरेको दावी गरेको छ । उक्त दाउरा सिमित स्थानमा मात्र पुुगेकाले अधिकांश मानिसले पाउन नसकेको निर्वाचन क्षेत्र ३ क का सांसद नागेन्द्र यादव बताउँछन् । दलित मुुक्ती मोर्चाका केन्द्रिय सदस्य रामनाथ माझी मुशहरले मुुसहर,डुम, चमार,तत्मा,धनखार,लगायत दलितहरु बिप्पन मात्र नभई निमुखा समेत रहेकाले यस्तो अवस्थामा बिशेष निगरानी गर्नुपर्ने सरकारको दायित्व रहेको बताउँछन् ।

Advertisement

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जिल्लाका बिभिन्न स्थानमा दाउरा,तीनसय थान कम्बलबितरण गर्नुुका साथै बिभिन्न गैरसरकारी संस्थामार्फत न्यानो कपडा बितरण गर्न लगाएको बताउँछन् । भन्छन् –‘सशस्त्र प्रहरीमार्फत २८ सय ज्याकेट र तीन सय न्यानो सलको थप ब्यवस्था हुदैछ ।’

Advertisement

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top