लकडाउन खुकुलो बनाउन तीनवटा मोडालिटी प्रस्ताव

२४ जेठ ७७, आइतबार

काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउन तीन फरक मोडालिटी (ढाँचा) लाई अन्तिम रूप दिएको छ । असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई व्यवस्थित र सहजीकरण गर्न यस्तो विकल्प सुझाइएको हो ।,याे खबर आजको कान्तिपुर दैनिकमा छ ।

मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार गठित सीसीएमसीले प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसमक्ष ढाँचा पेस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव संयोजक रहेको सीसीएमसीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य, शान्ति सुरक्षा, आपूर्ति र सूचनासहित चार क्षेत्रमा काम गर्छ । जसमध्ये शान्ति सुरक्षाको क्षेत्रमा सेनालाई नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ ।

Advertisement

लकडाउनलाई खुकुलो बनाउने विषय शान्ति सुरक्षाअन्तर्गत भएकाले सेनाले यसलाई मुख्य चासो दिएको हो । ‘यही ढाँचा ठीक हुन्छ भन्दा पनि हामीले तीन फरक मोडालिटी तयार पारेर बुझाएका छौं,’ सीसीएमसी स्रोतले भन्यो, ‘अब उनीहरूले यसलाई हेरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिमा पेस गर्नेछन् ।’

सीसीएमसीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंको नेतृत्वमा छलफल भएर तयार भएको तीन फरक मोडालिटीमध्ये पहिलोमा चरण–चरणमा लकडाउन खुकुलो बनाउँदै लैजाने भन्ने छ । यसमा अत्यन्त आवश्यक कुरालाई सबैभन्दा पहिला र त्यसपछि अन्यलाई हरेक दुई सातामा परिवर्तन गर्दै जाने उल्लेख छ । यो मोडालिटीलाई सबैभन्दा पहिला सेनाले सीसीएमसीमा प्रस्ताव गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top