लगानीकर्ताको निशानामा अर्थमन्त्री खतिवडा

१८ मंसिर ७६, बिहीबार

१८ मंसिर, काठमाडौँ ।
शेयर बजारमा परिसूचकको ओरालोको रप्mतार रोकिन सकेको छैन । नेप्से ११ सय अंक नजिक भएपछि पछिल्लो समय लगानीकर्ताले खरिदविक्री घटाएका छन् । बुधबार भने नेप्से बढेको भएपनि तीन वर्ष यताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित छ । लगानीकर्ताले भने सरकारी नीतिलाई देखाउँदै अर्थमन्त्रीलाई बजार घट्नुको मुख्य पात्र बनाउँदै आएका छन् । तर विश्लेषकहरु भने अर्थमन्त्रीका कारण भन्दा पनि पूँजी वृद्धि, तरलता र ब्याजदर नै सूचक घट्नुको मूख्य कारण भएको बताउँछन् ।

२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्लो समय १ हजार १ सयको नजिक छ । यसरी हेर्दा नेप्से ४० प्रतिशत बढीले अर्थात ७ सय ५७ अंकले घटेको देखिन्छ । पछिल्लो तीन वर्षको अवधिमा बजार निरन्तर घटेको भने होइन् । बजारमा यसरी गिरावट आउनुमा लगानीकर्ताले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरेका छन् । अर्थमन्त्री खतिवडाका विभिन्न अभिव्यक्ती र सरकारका नीतिहरु कै कारण शेयर किन्न नसकेको लगानीकर्ताहरुको भनाई छ ।

तर केही लगानीकर्ताले भने दिर्घकाल सम्मका लागि लगानी गर्नेहो भने सरकारी नीतिले कुनै असर नपार्ने बताउँछन् । त्यसमा अर्थमन्त्रीलाई दोष दिनुभन्दा बैंकको ब्याजदर र कम्पनीको वित्तीय विवरणमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ । लगानीकर्ता जेबी थापा भने बजार ब्याजदरबाट प्रभावित हुने भएकाले बैंकको निक्षेपबाट भन्दा शेयर बजारबाट पाउने प्रतिफल बढी भए मात्र कारोबार बढाउन सकिने बताउछन ।

Advertisement

शेयर विश्लेषक सन्तोसराज बजगार्इं भने शेयर बजार अर्थमन्त्रीका अभिव्यक्तिबाट भन्दा पनि ब्याजदरबाट प्रभावित भएको बताउछन । उनले पछिल्लो तीन वर्ष बैंकको ब्याजदर १४ प्रतिशत सम्म पुगेकाले बजारमा शेयरको माग घटेको बताए । बुधबारको शेयर बजार भने ब्याजदरमा स्थिरता आएको भन्ने हल्लाका कारण ८ दशमलव ७३ अंकले बढ्यो । केही बैंकहरुमा अझैपनि तरलताको समस्या कायम छ । यसले ब्याजदरलाई माथि पु¥याएको छ । ब्याजदरको उल्टो असर शेयर बजारमा पर्ने गरेको छ । त्यसैले ब्याजदर बढ्दा नेप्से घट्नु स्वभाविक हो । यसको असर दिर्घकालसम्म पर्ने विश्लषक बजगाईं बताउछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top