लमही–घोराही सडकखण्ड आजदेखि पाँच दिनका लागि बन्द

Share this
700shares

२२ चैत, दाङ । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने मुख्य सडक लमही–घोराही सडकखण्ड आजदेखि पाँच दिन बन्द गरिएको छ।

Advertisement

जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जनाएको छ ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ ।

Advertisement

तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । लमही–घोराही सडकखण्ड बन्द भएपछि तुलसीपुर–अमेलिया भएर गाडीहरु चल्नेछन् ।

पाँच दिनका लागि बन्द सडक २६ गते बेलुकादेखि खुल्ने सूचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top