ललितपुरमा पुरुषको विभत्स हालतमा भेटियो शव

२७ जेठ ७७, बुधबार

२८ जेष्ठ, काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ टौखेलमा एक पुरुषको शव भेटिएको छ।

ललितपुर गोदावरीमा बस्दै आएका ३८ वर्षीय अमित शाहीको शव भएको खुलेको छ। राति साढे १ बजे शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेको थियो। मृतकको शरीरमा धारिलो हतियारले प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

शाहीको कुहिनादेखि हत्केलाको बीच दुवै हातमा काटिएको छ। त्यस्तै घाँटीमा समेत रेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले बताए। हाम्रो टिम पुग्दा घाँटी र हातमा काटिएको अवस्थामा शव फेला पारेका थियौँ, एसपी कार्कीले भने।

Advertisement

घटनास्थलबाट प्रहरीले मासु काट्न प्रयोग हुने चक्कु समेत बरामद गरेको छ। पुरुषको दुवै खुट्टा बाँधिएको अवस्थामा थियो। खुट्टा मर्किँदा प्रयोग हुने व्यान्डेजले खुट्टा बाँधिएको एसपी कार्कीले जानकारी दिए। शाही ललितपुरमा मासु पसल गर्दै आएका थिए। शव भेटिएको स्थान भने उनी बस्ने घरभित्रकै करेसाबारी हो।

उनी श्रीमती, दुई छोरी र बुबासँगै बस्दै आएका थिए। घटना भएको समयमा घरधनी पनि घरमा नै रहेका थिए। उनी कतिखेर घरबाट निस्किए, के हो भन्ने बुझ्दै छौँ। अहिले परिवारको अवस्था सामान्य छैन। त्यसैले पनि सोधखोज गर्न मिलेन, एसपी कार्कीले भने।

Advertisement

तर, घटनास्थलमा भेटिएको चक्कु, खुट्टा बाँधिएको अवस्था हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top