ललितपुरमा बिना स्वीकृति साइकल लेन

६ कात्तिक ७७, शुक्रबार

ललितपुर: ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गर्नुभयो ।

Advertisement

सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताउनुभयो । उहाँले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।

‘‘काठमाडौँ र ललितपुर जोड्ने थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार क्षेत्रको सडक फराकिलो बनाउने सम्भावना छैन’’, उपमहानिर्देशक सापकोटाले थप्नुभयो, ‘‘साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन ।’’

Advertisement

अहिलेकै सवारीसाधनको चापलाई थेग्न नसकेको सो सडकखण्डमा झन् साइकल लेन बनाउँदा बढ्न सक्ने जोखिम र दुर्घटनाको दायित्व समेत सडक विभागलाई नै हुने भएकाले यस सम्बन्धमा विभागले थप अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

महानगरले भने सहरलाई अझ व्यवस्थित बनाउन साइकल लेन बनाएको दाबी गरेको छ । ‘स्वच्छ र सफा महानगर’ कार्यक्रम अन्तर्गत महानगरको विभिन्न रुटमा साइकल लेन निर्माण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै महानगर प्रमुख महर्जनले वातावरण र नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यो कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउनमा सम्बन्धित सबै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।,याे समाचार गाेरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top