ललितपुरलाई ६ विकेटले हराउँदै पोखरा विजयी

४ कार्तिक, काठमाडौं । वुमेन च्याम्पियन्स लिग टि २० प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पोखराको जितमा कविता कुवर ४२ बलमा १० चौका सहित ६१ रनमा अविजित रहिन् । कविताले ३६ बलमा अर्ध शतक पुरा गरेकी थिइन् ।

त्यस्तै विन्दु रावलले ४४ बलमा ४ चौका सहित ४० रनमा क्याच आउट भइन् । ४ दशमलव २ ओभरमा ५-३ को कमजोर अवस्थामा रहेको पोखरालाई विन्दु र कविताले चौथो विकेटका लागि कीर्तिमानी १ सय ६ रनको साझेदारी गर्दै जित पक्का गरे । कविता र विन्दुको साझेदारी डब्लूसिएलमा कुनै पनि विकेटका लागि भएको उच्च र पहिलो शतकीय साझेदारी हो ।

Advertisement

दोस्रो ओभरको दोस्रो बलमा कप्तान नेरी थापाले सीता राना मगरलाई १ रनमा बोल्ड आउट गरिन् । तेस्रो ओभरको अन्तिम बलमा ममता चौधरीले विकेटकीपर कविता जोशीबाट रेवती धामीलाई १ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काइन् । रुवि पोदार डक आउट भएपछि पोखराले खराब सुरुवात गरेको थियो । ललितपुरकी ममता चौधरीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिइन् । नेरी थापाको नाममा २ विकेट रह्यो ।

खराब सुरुवात गरेको ललितपुरलाई कविता जोशी र ममता चौधरीले ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान सीता रानामगरले १६ ओभरको पहिलो बलमा नविना खड्काबाट क्याच आउट गराउनु अघि जोशीले २३ बलमा ६ चौका सहित ३१ रनको योगदान दिइन् । सम्झना खड्का १५ बलमा २ चौका सहित १० रनमा आउट भइन् । पोखराकी सीता राना मगरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । नविना खड्का,राजमती ऐरी र अन्जली चन्दको नाममा १ विकेट रह्यो । सुरुवाती तीनै खेलमा कमजोर फिल्डिङ गरेको पोखराले आजको खेलमा पनि त्यहि समस्यालाई निरन्तरता दियो ।

चितवन ४ खेलमा ४ मा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगि सकेको छ । क्याट क्विन्स काठमाडौंले ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । ४ खेलमा समान २ मा हार र जितका साथ विराटनगर टाइटन्स तेस्रो स्थानमा छ।

विराटनगर र काठमाडौंबीच मंगलबार क्वालिफायर हुने छ । जसको विजेता चितवनसँग बिहीबार उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । पोखराले ४ खेलमा ३ मा हार र १ मा जितका साथ चौथो स्थानमा रहेर बाहिरियो । ललितपुर फाल्कोन्स भने चारै खेलमा पराजित हुँदै पुछारमा रहेर बाहिरियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top