ललितपुरले काठमाडौंलाई दियाे १५८ रनको लक्ष्य, पवनको अर्धशतक

९ असाेज, काठमाडौं।

साविक विजेता ललितपुर प्याट्रियटर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० बलमा अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।

Advertisement

तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पहिलो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । अन्तिम बलमा जितेन्द्रले श्रीलंका ब्याट्सम्यान सन्दुन वीराकोडीलाई दुई रनमा राजु रिजालबाट क्याच गराएका थिए ।

Advertisement

दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गुलशन झाले श्रीलंका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई चार रनमा एलबीडब्लू आउट गर्दै ललितपुरलाई ७–३ को अवस्थामा पुर्याएका थिए ।

चौथो विकेटका लागि पवन सरार्फ र शंकर रानाले ५६ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । जितेन्द्रले दशौं ओभरको अन्तिम बलमा शंकरलाई गुरबाजबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । पाँचांै विकेटका लागि पवन र योगेन्द्रले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका थिए ।

पवन स्पिनर रयान बर्लको १७ औं ओभरको दोस्रो बलमा टप एज लागेर फाइन लेगमा शेर मल्लबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा योगेन्द्र एलबीडब्लू आउट भएका थिए । रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top