ललितपुर जिल्ला फुटबल संघका अध्यक्षमाथि एन्फाद्वारा अनुशासनको कारबाही

५ जेठ ७७, मंगलबार

६ जेष्ठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई अनुशासनको कारबाही गरेको छ ।

सामाजिक सञ्जालमा एन्फाका पदाधिकारी र फुटबल संघविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा थापालाई आगामि साधारणसभासम्म निलम्बन गर्नेगरी कारवाही गरिएको हो ।

जिल्ला अध्यक्ष थापाले दिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फा सचिवालय बैठकले थापालाई आगामी साधारण सभा सम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

Advertisement

एन्फाले बार्षिक साधारण सभा चैतमा सञ्चालन गर्ने तय गरेको थियो । तर कोरोना भाईरसको महामारीको कारण साधारण सभा अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

गत बैशाख २२ गते एन्फा दिवसका अवसरमा वरिष्ठ उपाध्यक्षले दिएका शुभकामना सन्देशको जवाफमा अपशब्द लेखेको भन्दै फुटबल संघले थापालाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरणको जवाफ पेश गर्दै थापाले एन्फा डे मनाउने फुटबल संघको निर्णयमा थप प्रश्नहरु सोधेका थिए ।

एन्फासंग असन्तुष्ट रहदै आएका थापाले वर्तमान नेतृत्व सहितको कार्यसमितिको सुरु देखिनै विरोध गर्दै आएका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top