ललितपुर मेयर्स–११ सँगको खेलमा विजयी भएसँगै प्रदेश एकको प्रतियोगितामा सुखद अन्त्य

२६ चैत, काठमाडौँ । ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीवार भएको खेलमा प्रदेश एकले ललितपुर मेयर्स–११ लाई हराएको छ ।

लिगको अन्तिम खेलमा प्रदेश एकले मेयर्स–११ लाई १५ रनले हराएको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो ।

Advertisement

प्रदेश एककी रोमा थापाले अविजित ६६ रन बनाइन् । ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले एक/एक विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १३ रन बनाउन सक्यो । मेयर्स– ११ का लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन् ।

Advertisement

प्रदेश एककी रुविना क्षेत्रीले तीन विकेट लिइन् । जितसँगै प्रदेश एकले प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम र एपीएफ आउँदो शनिबार खेल्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top