NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित सोमवार मंसिर ८ , २०८२
फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण सोमवार मंसिर ८ , २०८२
जापानको ’टाउको काट्ने’ चीनको धम्की सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

सोमवार कार्तिक १७ , २०७७
Reading Time: 1 min read
A A
लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ कार्तिक, हुम्ला ।
हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ ।

विशेषगरी हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका नागरिकलाई यो वर्ष नेपाल र चीनको सीमा नाका बन्द भएपछि खाद्यान्नको समस्या हुने देखिएको छ ।

गाउँमा उत्पादित अनाजले छ महिना मात्रै खान पुग्ने लिमीवासीलाई यो वर्ष चीनसँगको सीमा नाका बन्द हुँदा खाद्य सङ्कट निम्तिने भएको हो । विगतका वर्षमा चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गरेर कमाइ हुने गथ्र्यो ।

LS Auto

यो वर्ष सीमा नाका बन्द भएकाले केही कमाउन नसकिएको लिमीका गिरमेत तामाङले गुनासो पोखे । बर्सेनि चीनको ताक्लाकोटदेखि खाद्यान्न जोहो गर्दै आएका लिमीवासी यो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटबाट वितरण गरिने चामलको भर पर्नुपरेको तामाङले बताए ।

लिमीमा कात्तिक अन्तिमबाट हिउँ पर्न शुरु हुने भएकोले अहिले नै खाद्यान्नको व्यवस्था गर्नेतर्फ लागेको अर्का स्थानीय पेमाछोकी तामाङले बताए । उनका अनुसार सीमा नाका बन्द हुँदा असोज महिनामै लिमीमा खाद्य सङ्कट भएको थियो ।

“अब हिउँदको तीन महिना लगातार हिमपात हुने गर्छ, हिमपातले बाटो बन्द हुन्छ, यो समयमा हामी लिमीवासीलाई थप खाद्य सङ्कट निम्तिने छ”, उनले भने।

लिमीका लागि दुई हजार क्विन्टल खाद्यान्न स्वीकृत भइसकेको र ठेकेदारले ढुवानी गर्न बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटका प्रमुख रामबहादुर विष्टले बताए ।

लिमीमा खाद्य सङ्कट भएको गुनासो आएपछि तत्कालका लागि ३०० क्विन्टल चामल लिमीवासीलाई वितरण गरेको र बाँकी चामल ढुवानी भएपछि लगत्तै पठाइने प्रमुख विष्टले बताए ।

जिल्ला खाद्य व्यवस्था समितिको बैठकले जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको छ तर माग गरेको मध्ये अहिले २५ हजार ८०० क्विन्टल मात्र चामल स्वीकृत भएको छ ।

सदरमुकामका लागि मात्रै १७ हजार क्विन्टल चामल माग हुँदा १० हजार क्विन्टल स्वीकृत भएको छ । चार हजार ५० क्विन्टल चामल हवाई मार्गबाट सिमकोट खाद्य संस्थानमा पुगेर वितरण गरेर पनि तीन हजार १०० क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख विष्टले जानकारी दिए ।

यस्तै सर्केगाड र अदानचुली डिपोका लागि दुई÷दुई हजार क्विन्टलका दरले स्वीकृत भएको छ । छप्रेला वितरण केन्द्रका लागि ५००, याङ्गचु एक हजार र यो वर्ष स्थापना भएको तुम्चा वालुकुनाका वितरण केन्द्रका लागि ८०० क्विन्टल चामल स्वीकृत भएको तर बाटो समस्याका कारण ढुवानी हुन सकेको छैन ।

श्रीनगर डिपोमा १५० क्विन्टल र सर्केगाड डिपोमा १०० क्विन्टल चामल मौज्दात रहेको छ । ठेकेदार कम्पनीले समयमै ढुवानी गरेमा यो वर्ष विगतका वर्ष जस्तो हुम्लामा चामलको सङ्कट नहुने देखिएको छ ।

स्थलमार्गबाट नेपालगञ्जबाट सिमकोट शाखाका लागि प्रतिक्विन्टल रु पाँच हजार ९९०, सुर्खेतदेखि सिमकोटका लागि रु पाँच हजार ४९०, धनगढीदेखि सिमकोटसम्म रु छ हजार १००, नेपालगञ्जदेखि यान्चुसम्म रु पाँच हजार, सुर्खेतदेखि यान्चुसम्म रु चार हजार ८०० ढुवानी लाग्ने गरेको छ ।

यस्तै हवाई मार्गबाट प्रतिकेजी नेपालगञ्ज–सिमकोटको रु ११३ र सुर्खेत–सिमकोट ढुवानी गर्दा रु १०८ पर्ने गरेको विष्टले बताए । कर्णालीका अन्य जिल्लाभन्दा हुम्लाका लागि चामलको कोटा माग गर्दा केन्द्र सकारात्मक देखिएकाले विगतका वर्ष जस्तो ३० केजी चामलका लागि रु पाँच हजार तिर्नुपर्ने अवस्था हुन नदिने नहुने विष्टले बताए ।

खाद्यान्न ढुवानीको जिम्मा सीता र तारा एयरले लिएका छन् । (रासस)

लोकप्रीय

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

विचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२

थप समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित
खेलकुद

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
ताजा समाचार

फागुन २१ को चुनाव सर्न सक्छ, विश्वप्रकाशले खुलाए कारण

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

एनपीएलमा विराटनगरको दबदबा, ३ खेलमा ह्याट्रिक जित

सोमवार मंसिर ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.