वन्यजन्तु अवलोकनका लागि ‘भ्यू–टावर’ निर्माण

६ असार ७५, बिहीबार

रत्ननगर, असार ७

पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कुमरोजमा हालै दुई तलाको आकर्षक भ्यू–टावर निर्माण गरिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले बताए । दुई वटा भ्यू–टावर भने हालसालै निर्माण भएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिए ।

Advertisement

हेलिप्याड चौरमा एउटा र खत्री घाटमा अर्काे टावर निर्माण भएको हो । ती दुई वटा क्षेत्र बाघ र गैँडा अवलोकनका लागि महत्वपूर्ण ठाउँ मानिएको छ । बाघको बासस्थान राम्रो रहेकाले ती क्षेत्रमा टावर बनाइएको हो । केही महिनाअघि खत्री थरका एकलाई सोही स्थानमा बाघले आक्रमण गरेकाले उक्त स्थानको नाम खत्रीघाट राखिएको हो । अन्य क्षेत्रमा पनि थप दुई वटा मचान निर्माणको काम जारी छ ।

वन्जयन्तुको अवलोकनसँगै आक्रमणबाट जोगिनसमेत यस्ता टावर र मचान महत्वपूर्ण मानिन्छन् । टावार निर्माणका लागि काठ चितवन निकुञ्जबाट सहयोग स्वरुप उपलब्ध भएको थियो र अन्य कामका लागि रु तीन लाख खर्च भएको थियो ।

Advertisement

टावरबाट वन र वनमा चर्न आएका गैँडा, चित्तल, मृग देख्न सकिन्छ । पाटे बाघ, भालु, तथा मयुर नाचेको दृष्यले टावरमा पुगेका पर्यटकलाई लोभ्याउँछ । मुख्यगरी पर्या–पर्यटन वृद्धिका लागि भ्यू–टावर बनाइएकाले पर्यटकको चहलपहल बढेको स्थानीय संरक्षणकर्मी तथा बूढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले बताए।

अहिले कुमरोजमा एउटा काठ र एउटा कंक्रिटको मचान निर्माणको कामसमेत शुरु भएको स्थानीय ईश्वरी पाठकले जानकारी दिए। यहाँ यसअघि तयार भइसकेको दुई वटा मचानमा १६ पर्यटक बस्नसक्ने क्षमता छ ।

मचानमा विदेशी पर्यटकलाई रु एक हजार र नेपाली रु ५०० शुल्क लाग्छ । यहाँ पर्यटकका लागि हात्ती, सफारी, जिप सफारी, डुंगा सफारीको सेवासमेत छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top