वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगर्ने प्रधानमन्त्रीको चेतावनी

Share this
742shares

१४ फागुन, काठमाडौँ ।
नेकपा सचिवालयबाट सर्वसम्मत राष्ट्रियसभामा लैजाने निर्णय भएका नेता वामदेव गौतमलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् । आफ्ना विरुद्ध खेल भएको भन्दै प्रधामन्त्री ओलीले उक्त निर्णय नमान्ने बताएका हुन्।

Advertisement

बुधबारको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको थियो । ओलीले सचिवालयका केही नेतालाई फोन गरेर वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएको स्रोतले जानकारी दिएको छ ।

सचिवालयका एक सदस्यले बैठकमा अन्य सदस्यहरूले पहिल्यै निर्णय गरेर आएकाले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरौँ भनेर असन्तोष मिश्रित भाषामा स्वीकृति दिएको बताए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत भएकाले प्रधानमन्त्रीले उल्ट्याउन नमिल्ने दाबी गरे

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top