वायु सेवा निगमले जहाजको समस्या जानकारी नगराउने पाइलटलाई उडानमा लगायो रोक

१६ फागुन, काठमाडौँ । जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई नेपाल वायु सेवा निगमले उडान गर्नबाट रोक लगाएको छ ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ए ३३० जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ (अवतरण गर्दा तल झर्नुपर्ने समय दोब्बर बढी ) गरिएको थियो ।

तर, अवतरण गरेपछि त्यस विषयमा जानकारी गराउनुपर्नेमा नगराएका पाइलटलाई १२ फागुन २०७७ देखि उडानमा रोक लगाइएको उनले जानकारी दिइन् ।

Advertisement

सामान्यतया जहाजमा प्राविधिक समस्या आएपछि पाइलटले हरेक उडान र अवतरणका क्रममा भर्नुपर्ने रिपोर्टमा जानकारी गराउनुपर्छ । निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए ।

हार्ड ल्याण्डिङ भएको विषय नियमित डाटा एनालाइसिस प्रोग्राममार्फत २५ पुसमै पत्ता लगाइएको र निर्माता कम्पनी एयरबससँग राय माग्न पत्राचार गरिएको श्रेष्ठले उल्लेख गरेकी छिन् ।

Advertisement

यद्यपि गत पुसमै पत्ता लागेको समस्याबारे मौन बसेको नेपाल वायुसेवा निगमले दुई महिना पछि मात्र पाइलटलाई उडानमा रोक लगाएको हो ।

१ सय फ्लाइट साइकलसम्म उड्न सक्ने

हार्ड ल्याण्डिङ भएको यो जहाज १ सय फ्लाइट साइकल (उडान र अवतरण अवतरण) वा दुई महिनासम्म उडान–अवतरण गर्न सक्ने भनी निर्माता कम्पनी एयरबसले जानकारी दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस अवधिमा भने निश्चित चेकजाँच गर्नुपर्ने राय एयरबसले दिएको छ ।

जहाजको समस्याबारे जानकारी नगराएको विषयमा जाँचबुझ गर्न निगमले वरिष्ठ क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वको क्याप्टेन विजय लामा, मनिषकुमार शाह तथा डम्बर रावत रहेको छानबिन समिति गठन गरेको छ ।

समितिले ११ फागुनदेखि नै काम थालेको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् । समितिले दिने प्रतिवेदनको आधारमा थप कारवाही गरिने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top