विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाइ

५ असार, बेइजिङ ।

चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ ।चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड)को परीक्षणमा कडाइ गरेको हो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित बिरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित बिरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ । चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा बस्तीहरूलाई बन्द गरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ ।

Advertisement

यसैबीच राजधानी बेइजिङमा थप २५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ । पछिल्लो चरणमा सङ्क्रमण भेटिएका बिरामीको लक्षण युरोपका बिरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिबेलाको सङ्क्रमण ‘युरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका चाङ योङले बताए।

चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण युरोपमा अहिले आउने बिरामीकोभन्दा अलिक पुरानो स्वरूपको रहेको भेटिएको उनको दाबी रहेको छ । सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण युरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने चाङको दाबी थियो ।

चीनले सीफुडका १५ हजार ६३८ नमूना सङ्कलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थिएन ।

रासस / एएफपी

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top