विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

१० असार ७५, आइतबार

काठमाडौँ, असार १०

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो ।

छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गरे ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निजी क्षेत्रसँग करीब ९०० मेगावाटका विद्युत् आयोजनामा लगानी ल्याउने सहमति हुनु सकारात्मक हो भने ।

राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले परराष्ट्र सेवालाई समावेशी बनाउन बजेट विनियोजन हुनुपर्ने बताए । उनले सरकारलाई कुनै मुलुकप्रति नजिक नभई राष्ट्रवादीरुपमा काम गर्न आग्रह गरे ।

Advertisement

छलफलमा विमलप्रसाद श्रीवास्तव, लालबहादुर थापा, सत्यनारायण खनाल, यज्ञबहादुर बोगटीलगायतले भाग लिएका थिए। ती मन्त्रालयमाथिको छलफल आगामी बैठकमा जारी रहनेछ ।

सभामुख कृष्णबहादुर महराले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको छलफल यही असार ११ गतेको बैठकमा हुने जानकारी गराए । अर्काे बैठक असार ११ गते सोमबार बिहान ११ बजे बस्नेछ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top