विदेशी सम्बन्धनका विद्यालय सञ्चालनमा रोक

0SHARES

७ पुष २०७५ नेपाल टाईम्स

काठमाडौं : अब माध्यमिक विद्यालय तहमा कुनै पनि विदेशी सम्बन्धनका विद्यालय सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिने भएको छ । विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालनमा आइरहेका माध्यमिक विद्यालयलाई पनि छिट्टै हटाइने भएको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदा पारित भए विदेशी सम्बन्धनबाट कुनै पनि विद्यालय सञ्चालन गर्न पाइनेछैन ।

प्रतिवेदनमा हाल विदेशी सम्बन्धन लिएर सञ्चालनमा आएका विद्यालयलाई समयावधि दिएर हटाउन प्रस्ताव गरिएको छ । विदेशीको आवश्यकता पूरा गर्न अबदेखि कक्षा सञ्चालनको अनुमति दिन नहुने आयोगका सदस्य बाबुराम अधिकारीले बताए ।यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

विज्ञापन बक्स