विद्यार्थीलाई अस्ट्रेलिया प्रवेश खोल्ने तैयारी

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, विराटनगर ।
कोभिड–१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द अस्ट्रेलियाको बोर्डरलाई प्राथमिकताका सुचिमा राखेर सुरक्षित वातावरणमा खोल्ने गृहकार्य भइरहेको अस्ट्रेलियाले जनाएको छ ।

शनिबार अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले विस्तारै र सुरक्षित तबरले अस्ट्रेलिया प्रवेश खोल्ने तयारी भइरहेको जानकारी दिएका छन्।

कोरोना भाइरसको सक्रंमण बढेपछि गत आठ महिनादेखि विदेशी,पर्यटक तथा विद्यार्थीहरू अस्ट्रेलिया आउन पाएका छैनन्। टजले सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तराष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अस्ट्रेलिया आगमन खोल्ने बताएका छन्।

Advertisement

पर्यटक र सर्वसाधारणको हकमा कोभिडबाट सुरक्षित राष्ट्रहरूको प्राथमिकता हरेर बिस्तारै आगमन खुल्ला गर्ने सोच बनाएका छौ, टजले भने। यसअघि चाल्र्स डार्बिन विश्वविद्यालयले आफ्ना ७० जना विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रम अन्तर्गत डार्बिन ल्याउने भैसकेको छ।

यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सुखद् समाचार हो। कोभिडको महामारीकाबीच अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने पहिलो राज्य डार्बिन बन्ने भएको छ। यस्तै साउथ अस्ट्रेलियाले पनि आफ्ना तीन सय अन्तर्राष्ट्रिय विद्यार्थी फिर्तीको लागि पहल गरिसकेको छ। ऊ राज्य सरकारको अन्तिम निर्णयको पर्खाइमा रहेको छ।

Advertisement

न्यु साउथवेल्सको हकमा भने २०२१को प्रारम्भमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित तवरमा क्वारेन्टाइनसहित आगमन खुला गर्ने लक्ष्य रहेको कार्यक्रममा मन्त्री टजले बताए।

चार्ल्स डार्विन विश्वविद्यायलयका उपकुलपति एन्ड्रयु एभर्टले हरेक वर्ष नर्दन टेरोटेरी सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थी मार्फत ९९ मिलियन डलरको आम्दानी हुने र पाँच सय उद्योगमा रोजगारको सहयोग हुनेहुँदा यो कदम उपलब्धिमुलक भएको बताए।

करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गर्ने अस्ट्रेलियाले यस बापत वर्षेनी ३७।६ बिलियन डलर आम्दानी गर्नेगर्छ जुन मुलुकको अर्थतन्त्रको निकै ठुलो हिस्सा हो।

पछिल्लो आठ महिनामा मात्र कोरोनाका कारण अस्ट्रेलिया बन्द हुँदा एक लाख २० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलिया आउन पाएका छैनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top