विद्यार्थी बोलाउने होइन शिक्षक टोलमै पठाउने

८ असोज ७७, शुक्रबार

पर्वत: कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोल–टोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन क्षेत्रमा विभाजन गरेर शिक्षकहरूलाई टोल–टोलमै पठाएको हो ।

पञ्चकोशी माध्यामिक विद्यालय मात्रै होइन, कुस्मा नगरपालिका–१२ को जनता सुदर्शन माध्यमिक विद्यालयले पनि टोलमै पुगेर पढाएको छ । इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्‍चालन गर्न नसकेपछि पर्वतका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले टोल शिक्षा पढाउन थालेका छन् ।

विद्यालयले पठाएपछि अहिले शिक्षकहरू विद्यार्थीलाई पढाउन टोल–टोलमा पुग्न थालेका हुन् । ‘इन्टरनेटको पहुँच सबै विद्यार्थीमा नभएकाले टोलमै पुगेर पढाउन थालेका छौं’, पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटाले भन्नुभयो– ‘विद्यार्थीलाई शैक्षिक क्षति हुन नदिन हाम्रो ठाउँमा यो नै सबैभन्दा उत्तम विकल्प देखियो ।’

Advertisement

विद्यालयले यसअघि टोलमा पुगेर गृहकार्य दिने र १० दिनपछि पुगेर गृहकार्य परीक्षण गरी थप गृहकार्य दिँदै आएको थियो । ‘कक्षाकोठामा सामाजिक दूरी कायम गरेर पढाउन विद्यार्थी संख्या धेरै भएकाले कठिन छ । दशैंसम्म टोलमै पुगेर यही विधिका आधारमा पठनपाठन गराउने योजना छ।’ –प्रअ सापकोटाको कथन छ ।

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराउने भनेको छ । निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाइमा सहजीकरण गर्न निर्देशन दिइएको छ ।

Advertisement

तर, पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन्‌ । धेरै विद्यार्थी सिकाइ क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोल–टोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रमअनुसारकै क्रियाकलापहरू जारी राखेका छन् ।,  याे समाचार नेपाल समाचारपत्रमा दुर्गाप्रसाद शर्माले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top