विद्यालयको शुल्क नतिरेको भन्दै प्रिन्सिपलले अभिभावको खुट्टा भाँचिदिए

१९ भदौ ७७, शनिबार

२० भाद्र, नवलपरासी ।
पूर्वी नवलपरासीका एक अभिभावकलाई विद्यालयको शुल्क नतिरेको भन्दै निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गरी खुट्टा भाँचिदिएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका हुन् ।

प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का घाइते कृष्णप्रसाद अचार्यका आचार्यका दुई छोराहरु सो विद्यालयमा अध्ययन गर्दर्थे ।

Advertisement

साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको थियो । रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताए । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

‘हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ –३० हजार रकम तिर्न बाँकी रहेछ,’ घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै हातपात भयो ।’

घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी पुगेको थिएन् । तर उपचार खुट्टाको अप्रेसन गर्नुपरेको र उपचार खर्च पनि धेरै लागेपछि अहिले आचार्य परिवार पीडित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको र आरोपितको खोजी कार्य भइरहेको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top