विद्युतीय कर चुहावटको छानविनमा लचक देखिए अर्थमन्त्री

२८ जेठ, काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा करकाविषयहरु चुहावट भएको भए छानविन गर्न सकिने बताएका छन । संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै विद्युतिय सवारीको कर बढाउने विषयमा चुहावट भएनभएको छानविन गर्न सकिने बताए ।

विधेयकमाथिको सामान्य छलफलका क्रममा सांसदहरुले बजेट सार्वजनिक हुनुभन्दा पहिले नै विद्युतिय सवारी साधनमा कर बढाउने विषय चुहावट गरिएको भन्दै प्रश्न गरेका थिए । अर्थमन्त्री खतिवडाले जेठ १ गते देखि ७ गते सम्म ७५ वटा र १६ गते सम्म १९ वटा विद्युतिय गाडी भन्सारबाट छुटेको र कुनैपनि व्यवसायीक घरनाको प्रभावमा परी कर बढाउने विषय चुहावट नभएको स्पस्ट पारे ।

उनले करको चुहावट गरी विद्युतिय गाडी छुटाइएको भन्दै अर्थमन्त्रालको व्यवसायीकता र व्यक्तिको चरित्रसँग जोडेर भ्रामक कुरा नगर्न आग्रह गरे । उनले करको विषय कसैले चुहाएको रहेछ भने त्यसलाई छानविन गर्न सकिने बताए । उनले भने ‘जेठ १ देखि ७गतेको बीचमा ७५ वटा गाडि आए, त्यसपछि १६ गते १९ वटा गाडि आएर समग्रमा ९३ वटा गाडि आए त्यही बेला १ सय ७९ वटा पेट्रोलियमका गाडि पनि छुटे । यसलाई कुनै व्यक्तिको निष्ठासँग जोडेर अर्थमन्त्रालयको व्यवसायीकता सँगजोडेर व्यक्तिको चरित्रसँग जोडेर यसरी ब्याख्यागर्दा अन्याय पनि त हुँदो हो नी । यसको सबै विवरणहरु सिस्टममा छ अर्थमन्त्रालयको गाडिको विवरण सबै । माननिय सदस्यहरलाई म देखाइदिन्छु कुनकुन दिन कति गाडि छुटेका छन् भनेर । भ्रम नफैलाऔं यथार्थ कुरा त्यही नै हो । यदि जेठ ७ गते अगाडि नै करको विषयमा कसैले चुहायो भने त्यो पनि छानविन गरौं छलफल गरौं तर भ्रामक कुरा नगरौं ।’

Advertisement

अर्थमन्त्री खतिवडाले करका अंकहरु परिवर्तन जेठ १४ गते रातिमात्रै हुने भएकाले चुहावट हुने कुनै ठाउँ नरहेको बताए । उनले आफ्नो दुई दशक लामो राजनीतिक जीवनमा कुनै व्यवसायीक घरानाको लागि काम नगरेको र अव पनि नगर्ने स्पष्ट पारे । उनले बजेट आउनु भन्दा अघि पेट्रोलियम पदार्थबाट चल्ने गाडिहरु १ सय ७९ वटा छुटेको बताए । १४ गते दिउसो २ वटा विद्युतिय गाडि मात्रै छुटेकाले सयौं गाडि छुट्यो भन्ने भ्रममा नपर्न समेत अर्थमन्त्री खतिवडाले आग्रह गरे । चकलेटमा कर घटाइएको विषयमा पनि अर्थमन्त्री खतिवडाले प्रष्टिकरण दिए ।

उनले अहिलेको संसद एमसीसी र चक्लेटमय बनेको भन्दै त्यस्तो प्रकारले बहस गर्न जरुरी नरहेको बताए । उनले अघिल्लो वर्षहरुमा चक्लेटमा ३० प्रतिशत रहेको भन्सार दर चालु आर्थिक वर्षको बजेटमा ४० प्रतिशत गरिएको र अन्तशुल्क र भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत पुगेकोले यसपटक पुनः समायोजन गरिएको स्पस्ट पारे । अहिले पनि ५४ प्रतिशत इफेक्टिभ रेट रहेको जानकारी दिए । उनले भने-‘चालु आर्थिक वर्षको बजेटमा हामीले ४० प्रतिशत गरेका थियौं । ५ प्रतिशत अन्तशुल्कर १३ प्रतिशत भ्याट गर्दा इफेक्टिभ रेट ६६ प्रतिशत हुनगयो । खाद्य वस्तुहो ६६ प्रतिशत किन पुरानै दर ल्याऔं भनेर ३० प्रतिशतमा ल्याएको हो । अनि यो भन्दा अगाडि ३० प्रतिशतमा राख्ने सबै अर्थमन्त्रीले कुनै समूहसँग मिलेर गरेका हुन त ?यस्तो पनि प्रश्न गर्नुहुन्छ माननिय सदस्यहरुले । यो आफैमा के नगर्ने काम भयो मैले केहीपनि बुझेको छैन् । एमसीसी र चक्लेट मय बनेको छ यो संसद् यो नगरौं भन्ने मेरो अनुरोध हो ।’

Advertisement

अर्थमन्त्री खतिवडाले संसदमा उठेका सबै विषयहरु सरकारले ध्यानदिएर सुन्ने र करका दरहरुमाविकृति, समस्यावा चुहावट भए सुझाव स्वीकार हुने बताए । उनले करका विषयहरुलाई व्यक्तिको निष्ठा र कुनै व्यवसायीक घरानासँग जोडेर हेर्ने काम नगर्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top