विद्युतीय सवारीमा सरकारको उपेक्षा

९ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने भन्दै विद्युतीय सवारीलाई प्रबद्र्धन गर्ने घोषणा गरेपनि ठोस नीति भने निर्माण गर्न सकेको छैन ।

विद्युतीय सवारीमा प्रोत्साहनका लागि सरकारले कुनै नीति तयार नगर्दा हाल संचालन भइरहेका विद्युतीय सवारी पनि बिस्थापित हुने अबस्थामा पुगेका छन् । पेट्रोलियम पर्दाथको परनिर्भरतामा रहेको नेपालमा विद्युतीय सवारी साधन संचालन गर्ने भन्ने चर्चा चलेको धेरै भइसक्यो । अझ २०७२ सालको भारतीय नाकाबन्दी पछि त सरकार बाटै विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरि नेपालमा धेरै भन्दा धेरै सवारी संचालनमा ल्याउने घोषणा भयो । सरकारको तत्कालीन समयको तदारुकताले विद्युतीय सवारी संचालनको संभावना बढेर गएको देखियो । तर सरकारको यो घोषणा गतिहीन देखिन थालेको छ । सरकारले घोषणा गरेपनि आवश्यक निति निर्माण नहँुदा विद्युतीय सवारी प्रतिको मोह घट्दै गएको छ । विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेशन समेत सरकारले निर्माण गर्न सकेको छैन । २०७४ मा देशका ५० स्थानमा चार्जिङ स्टेशन बनाउने प्रतिबद्धता जनाएको विद्युुत प्राधिकरणले लामो समयपछि बल्ल पहल थालेको छ । नेपाल विद्युतय प्राधिकरणका प्रवतmा मदन तिमल्सिनाका अनुसार देशभरी पूर्व मेची देखि महाकाली सम्मै विशेष गरी महेन्द्रनगर र पश्चिम राजमार्ग पोखरा, सुर्खेत ,विराटनगर ,काठमाडौ उपत्यकमा चार्जिङ स्टेशन बनाउन सुरु गरेको बताए । यसको लागत ३५ देखि ४० करोडको हाराहारीमा हुने उनले बताए । विद्युुत प्रधिकरणका अनुसार विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी कम्पनीलाई छनोट गरिएको छ ।

प्राधिकरणले प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीलाई चार्जिङ स्टेशन बनाउने ठेक्का दिन छनोट गरेको हो । सुन्दर यातायात प्रालीका सचांलक भेष बहादुर थापाका अनुसार नेपालमा वार्षिक १ खर्ब २० अर्ब बराबरको इन्धन आयात हुन्छ । विद्युतीय सवारी साधन सञ्चालन हुँदा पेट्रोलियम पदार्थ आयात घट्ने र वातावरण प्रदुषण न्युन हुनै भन्दै सरकारले विद्युतीय सवारी साधन संचालनको घोषणा गरेपनि अहिले संचालन भइरहेका सवारी पनि बन्द हुने अबस्थामा छन । नेपालमा हाल निजि क्षेत्रका ६ वटा ठूला र ११ वटा साना विद्युतीय सवारी संचालनमा छन । ठूला ६ मध्ये ४ वटा मात्रै संचालनमा छन भने २ वटा सवारी बन्द भईसकेका छन्् । थापाका अनुसार अहिले यूरोपियन यूनियन, चीन जस्ता थुप्रै मुलुकले मात्र होइन, छिमेकी भारतले पनि डिजल र पेट्रोलका सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधन सञ्चालनको घोषणा कार्यान्वयन गर्न थालिसकेका छन् । तर नेपालमा भने यसको कार्यान्वयन कछुवा गतिमा छ । सरकारले ल्याएको अवधारणा सकारात्मक भएपनि कार्यान्वयनमा देखिएको ढिलाईले अबका केहि समयमा भएका विद्युतीय सवारी पनि बन्द हुने अबस्थामा नपुग्लान् भन्न सकिन्न ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top