विपदमा जथाभावी खर्च- प्रधानमन्त्रीको गृहनगरमा भ्युटावर, सेनालाई १५० सवारी

काठमाडौँ : सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट । दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने नेपाली सेनाले १ सय ५० वटा सवारी खरिद गर्ने योजना अघि सारिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको ०७७/७८ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा सहरी विकास मन्त्रालयमार्फत कार्यान्वयन गर्ने गरी झापाको दमक र नुवाकोटको ककनीमा भ्युटावर बनाउने उल्लेख छ । ‘साना आयोजना भएकाले रातो किताबमा बजेट विनियोजनको अंक उल्लेख गरिएको छैन,’ अर्थ स्रोतले भन्यो, ‘झापाको भ्युटावरलाई ४० करोड र नुवाकोट ककनीको भ्युटावरलाई ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।’ सेनाले खरिद गर्ने भनिएका सवारीसाधनको बजेट अंक भने खुलेको छैन । ‘एकमुुस्ट बजेटबाट पछि सेनाले नै विनियोजन गर्छ,’ अर्थ स्रोतले भन्यो ।

कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक संकट रहेकाले यी दुवै कार्यक्रमलाई सरोकारवाला अधिकारीले आलोचना गरेका छन् ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top