विराटनगर,साउन २९
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आव्हान गरेको छ । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरेको हो ।
देशका विभिन्न ठाउँमा आज बिहानै देखि विप्लवका कार्यकर्ताहरु बन्द सफल बनाउन लागि परेका छन् ।देशका विभिन्न ठाउँमा सार्वजनिक स्थानमा बम राखेको खबर आएको छ । आज बिहान नवलपरासीको गैँडाकोटमा राकिराखेको ट्रकमा भएको आगजनी पनि विप्लव कार्यकर्ताले नै गरेको प्रहरीको आशंका छ ।
देशका विभिन्न ठाउँमा बन्दको प्रभाव परे पनि विप्लवको बन्दले आज विराटनगरमा भने खासै परेन । विराटनगरमा सवारी साधन आंशिकरुपमा घटे पनि सञ्चालन भइरहेका छन् भने निजी तथा सरकारी विद्यालय बन्द भएका छन् ।