NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

मङ्लबार भदौ १२ , २०७५
Reading Time: 1 min read
A A
विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

टेकराज बन्जरा
विराटनगर,भदौ १२
निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको अधिकार भन्ने नारा सबै प्रतिनिधिको मुखमा झुण्डिएको थियो । तर स्थानीय जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा हुँदा पनि जनप्रतिनिधीले त्यो प्रतिबद्धता पूरा गर्न सकेका छैनन् ।

कर्मचारी अभावलगायतका समस्याले स्थानीय तहको काम प्रभावित भएको जनप्रतिनिधीको भनाई छ । स्थानीय तहमा कर्मचारी पर्याप्त नहुँदा सेवाग्राहीहरुले कामका लागि लामो समय कुर्नुपर्ने बाध्यता छ ।

विराटनगर महानगरपालिका वडा नं ५को कार्यालयमा कर्मचारीको दरबन्दी १२ जना हुनुपर्नेमा अहिले ३ जना कर्मचारी मात्र कार्यालयमा छन् । कार्यालयमा उपल्लो कर्मचारीको सम्पूर्ण जिम्मेवारी तल्ला तहका कर्मचारीले सम्हाल्नुपरेकोले सेवाग्राहीको काममा ढिला हुने गरेको कर्मचारीहरुले बताएका छन्।

LS Auto

कर्मचारीकै अभावमा सेवाग्राही एउटा सानो कामका लागि पनि घण्टौ वडाकार्यालयमा बस्न बाध्य छन् । थोरै कर्मचारीले धेरै काम गर्नुपर्ने भएकोले आफुहरुको काम समयमा हुन नसकेको कर्मचारीहरुले बताउने गरेको विराटनगर वडा नं ५ का ईश्वरीबहादुर शाहले बताए ।

कार्यालयका प्राय सवै कामहरु अहिले कम्युटर प्रणालीबाट हुने गर्दछन् । तर त्यसका लागि पनि आवश्यक इन्टरनेटको कार्यालयमा कुनै टुङ्गो हुँदैन । सिफारिस बनाउन वडा कार्यालय पुगेका शाहले भने “एउटा सिफारिस बनाउन आएको आज नेट नचलेकोले काम हुँदैन अरे ।” महानगर को वडामा पनि कर्मचारी अभाव तथा प्राविधिक समस्याले कार्यालयमा कामका लागि पुग्ने स्थानीय सेवाग्राही त्यसै घर फर्किन बाध्य छन् ।

विराटनगर महानगरपालिका वडा नं ५ का वडाअध्यक्ष मीनकुमार आचार्य कर्मचारी अभावले आफूहरुले दिने सेवामा ढिलासुस्ती भएको स्वीकार्छन् । उनले नेपाल टाईम्ससँगको कुराकानीमा भने “वडामा १२ जना कर्मचारीको दरबन्दी छ तर वडामा तीन जना कर्मचारीले काम गरिराखेका छन्,स्थानीय तहलाई करारमा कर्मचारी नियुत्ति गर्ने अधिकार पनि छैन” उनले इन्टरनेटको समस्याले पनि काम प्रभावित भएको बताए । आचार्यले भने “हामीले सिफारिसका सबै काम इन्टरनेटबाट गर्नुपर्ने हुन्छ, आज इन्टरनेट नचलेको कारणले वडाका सबै काम ठप्प छन्  ।”

उनले सरकारले आवश्यक कर्मचारी नखटाएको र स्थानीय तहलाई कर्मचारी भर्ना गर्न पनि नदिएका कारण कर्मचारी अभाव खट्किएकोे बताए । उनले कर्मचारी पर्याप्त नहुँदा वडाका धेरै काम प्रभावित भएको स्वीकार पनि गरेका छन् । कर्मचारी समायोजन, ऐनहरू निर्माण, प्रादेशिक लोकसेवा आयोग गठन गरेर कर्मचारी पूर्ति गर्दासम्म अझै समय लाग्ने देखिन्छ ।

वडा कार्यालयले अधिकार नै पाएनन्
सरकारले गाउँपालिका र नगरपालिकालाई व्यवस्थापकीय जिम्मेवारीका साथ अधिकार दिइएको छ भने वडाहरूलाई चाहिँ नियमित कामकारबाहीका धेरै अधिकार दिएको छ । लिखित रुपमा सरकारले वडा कार्यालयलाई ३८ वटा अधिकार दिएको छ तर ती सबै अधिकार कार्यान्वयन भएका छैनन् ।

सरकारले दिएको सिफारिस र प्रमाणितका ३८ अधिकार मध्ये आफूहरुले १०–१५ वटा अधिकार मात्र पाएको वडा अध्यक्ष आचर्यले बताए । उनले प्रदेशले दिने अधिकारहरु प्रदेश सरकारले कानुन बनाउन ढिलो गर्दा नपाएको पनि गुनासो गरे ।

निर्वाचित भएपछि के–के काम भए
कर्मचारी र विभिन्न प्राविधिक समस्या भएपनि स्थानीय तहका जनप्रतिनिधिहरुले एक वर्ष पूरा गरिसकेका छन् । यस्ता समस्याले नियमित काममा समस्या उत्पन्न भएपनि विकासका काममा भने असर नपु¥याएको वडाध्यक्ष आर्चाय दावी गर्छन्।

“२० वर्ष पछि निर्वाचित प्रतिनिधि आएपछि जनताले ठूलो अपेक्षा राखेकोले अपेक्षा अनुरुप काम भएको छैन ।”उनले अपेक्षाकृत नभएपनि सकेसम्म विकासमै केन्द्रीत रहेको बताए । वडाका विभिन्न सडकको काम भएपनि विजुली र फोहोरमैला ब्यबस्थापनको काममा आफू नै सन्तुष्ट नभएको उनको भनाई थियो ।फोहोर ब्यबस्थापनमा आफूहरुले प्रत्यक्ष काम गर्न नपाएको र महानगरले सहकार्य गरेको वेस्ट म्यानेजमेन्टले पूर्णरुपमा ब्यबस्थापन गर्न नसकेको उनले बताए ।

कस्तो छ वडाको राजस्व र कर ब्यबस्था
विराटनगर महानगरपालिकाले वडा नं ५ लाई बार्षिक ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । वडाध्यक्ष आचार्यले आर्थिक वर्षको सुरु नै भएपनि राजस्व संकलन सन्तोषजनक भएकोले लक्ष्य अनुरुप उठ्नेमा आफू विश्वस्त रहेको बताए । उनले वडा कार्यालयबाट हाल दैनिक ३० हजारको अनुपातमा राजस्व संकलन भईरहेको जानकारी दिए ।

उनले नयाँ आर्थिक वर्षमा विभिन्न स्थानीय तहामा चर्को कर असुली गर्नेगरेको पाइएपनि विराटनगरमा भने चर्को कर नलगाईएको दावी गरे । अरु क्षेत्र पहिले जस्तो भएपनि जग्गामा भने तुलनात्मक रुपमा केही कर बढेको उनको भनाई छ ।

वडाले पञ्जिकाको दर्ता ३५ दिनभित्र निशुल्क रुपमा गर्ने ,नागरिकताको सिफारिस निशुल्क गर्ने गरेको तथा नागरिकताको प्रतिलिपी सिफारिसको लागि भने ६० रुपैँया लिने गरेको छ जानकारी दिए ।

त्यस्तै वडाले ‘क’ वर्गका जग्गाको सिफारिसमा प्रति कठ्ठा १ हजार ५ सय रुपैयाँ, ‘ख’ वर्गका जग्गाको सिफारिसमा १ हजार, ‘ग’ वर्गका जग्गाको सिफारिसमा ७ सय ५० , ‘घ’ वर्गका जग्गाको सिफारिसमा ५ सय र अन्य जग्गाको लागि ७ सय ५० रुपैयाँ कर लिने गरेको उनले जानकारी दिए ।

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.