विराटनगरको सरौचियामा २५ वर्षपछि सडक कालोपत्रे

विराटनगर, फागुन १७
विराटनगर महानगरपालिका वडा नम्बर ६ सरौचियाका स्थानीयबासी करिब २५ वर्ष पछि सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । यसअघि जीर्ण बनेको स्थानीय हाजी चौक आसपास तथा तेन्जिङ मार्ग लगायतका सरौचियाका अधिकांश सडकमा नाला निमार्णपछि अहिले धमाधम कालोपत्रेको काम भईरहेको छ ।

सडकका कारण हिलो र धुलोको पीडा खेप्दै आएका स्थानीयबासी घरछेउको सडक कालोपत्रे भएपछि हर्षित बनेका हुन् । विराटनगर– ६, सरौचियामा शुक्रबार सडक कालोपत्रे हुँदै गर्दा स्थानीयहरु छेऊमा हर्षका साथ उभिएका देखिन्थे । विराटनगर– ६ सरौचिया निवासी रवि रोयले सडक कालोपत्रे हुँदा धेरै खुसी लागेको बताए । आफु सानो हुँदा कालोपत्रे भएको स्मरण गर्दै उनले झण्डै २५ वर्षपछि सडक निर्माण भएकोमा खुसी व्यक्त गरे ।उनले भने‘पहिले त नर्क थियो कालोपत्रे भएपछि अब धेरै राम्रो भयो ।’

Advertisement

सडक खाल्डाखुल्डी हुँदा र जीर्ण हुँदा वर्षातको हिलो र हिउँदको धुलोले स्थानीयलाई सताउँदै आएको थियो । उनीहरुले पहिले पनि सडक निर्माण गर्ने योजना आएको तर कार्यान्वयन अहिले भईरहेको बताएका छन् । विराटनगर– ६ का डाइडा पुटिनले पनि सडक बन्नु अत्यन्तै राम्रो भएको बताए । उनले भने‘वर्तमान स्थानीय सरकारले काम गर्दैछ । योजना पहिल्यै थियो, अहिले पूरा भईरहेको छ । स्थानीय सरकारलाई धन्यवाद भन्नुपर्छ ।’

हाल विराटनगर महानगरपालिकाका विभिन्न वडाका सडक सञ्जाल तथा नाला निर्माणमा एसियाली विकास बैकको सहयोगमा क्षेत्रीय सहरी विकास परियोजनाको काम भईरहेको छ । सो परियोजनाको काम २०१९ नोभेम्बर १ मा सम्पन्न गर्ने गरी करिब २ अर्ब ६१ करोड १० लाख रुपैँयामा चाईनिज कम्पनी झोङहाङ कन्ट्रक्सन बेइजिङसँग सम्झौता भएको छ । २ नोभेम्बर २०१७ बाट काम थालिएको सो परियोजनाको यसै आर्थिक वर्षमा ९० प्रतिशत भौतिक प्रगति गरिसक्ने महानगरपालिकाको योजना रहेको छ ।

Advertisement

सडक कालोपत्रे भएकोमा खुसी भएका स्थानीय यसको गुणस्तरीयता भने हेर्न बाँकी नै रहेको बताउँछन् । विराटनगर– ४ का अकरम खानले कालोपत्रे भएकोमा आफुहरु खुसी भएको बताउँदै यसको गुणस्तरीयता भने हेर्न बाँकी नै रहेको बताए । उनले भने–‘धेरै वर्षपछि सडक कालोपत्रे भईरहेको छ अहिले नराम्रो भन्न मिल्दैन तर कतिको गुणस्तरीय छ भन्ने कुरा पानी परेपछि केही समयपछि थाहा हुन्छ ।’ महानगरले सडक बनाएर छोड्ने मात्रै हैन विभिन्न तरिकाले ब्यबस्थित राख्नुपर्ने उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top