विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडानको तयारी

२ चैत ७५, आइतबार

विराटनगर, चैत २
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट(नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै उनले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरेका हुन ।

उनले पर्यटकको बसाइ छदेखि सात दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बुर्जुताल (१५३ बिघा क्षेत्रफल)–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको बताए ।

मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले पर्यटन क्षेत्र संवेदनशील व्यवसाय भएकाले तेस्रो मुलुक मात्र नभइ छिमेकी देशका नागरिकलाई अतिथिका रुपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रको स्तरोन्नति पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले रु १५ करोड बजेट निकासा गरेको जानकारी दिए ।

Advertisement

नाटाका प्रदेश अध्यक्ष भूपालराज श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नाटाका प्रदेश महासचिव नवीन खरेल, प्रथम उपाध्यक्ष अच्युत गरागाईं, प्रदेश सचिव पुण्य भट्टराई, पर्यटन व्यवसायी रेवतबहादुर थापा, भविषकुमार श्रेष्ठ, पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल र गण्डकी प्रदेश उपाध्यक्ष सञ्जयकान्त सिग्देलले विराटनगर, धरान, काँकडभिट्टाबाट पोखरा पर्यटकीय बस सञ्चालन तथा पूर्वकोे पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने बताए ।रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top