विराटनगरमा खुल्यो अनलाईन स्टोर, साजिद आलम बने ब्राण्ड एम्बास्डर

विराटनगर,माघ १३
ग्राहकहरुले अनलाईनबाटै सामान खरिद गर्न मिल्ने गरी विराटनगरमा विजसंसार डट कम अनलाईन सपिङ स्टोर सञ्चालनमा आएको छ ।

सो सपिङ स्टोरको विराटनगरमा आईतबार आयोजित एक कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रदेश सभा सांसद विन्दिया कार्की, नेहारिका कलेजका चेयरमेन रुपेश खतिवडा,पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल समाजसेवी चाँद इराकी,युवा नेता राकेश रोसन यादव, मोहम्मद मोअज्जम लगायतले औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement

उद्घाटन कार्यक्रममा बोल्दै विजसंसार डक कमका प्रबन्ध निर्देशक सन्दिप तामाङले ग्राहकहरुले अनलाईन मार्फत मन परेको सामान घरमै बसीबसी अर्डर गर्न सक्ने बताए । उनले विगत ११ महिनायता गरिरहेको अनलाईन कारोबार सफल भएपछि औपचारिक रुपमा बजारमा आएको बताए ।

ग्राहकहरुको समयलाई ख्याल गर्दै सपिङ स्टोर सञ्चालनमा ल्याएको बताउँदै उनले ग्राहकहरुलाई गुणस्तरीय वस्तु उपलब्ध गराउने बताए । फेसबुकमार्फत पनि सामान अर्डर गर्न सकिने बताउँदै तामाङले चाँडै नै आधिकारिक एप पनि सञ्चालनमा ल्याउने बताए ।

Advertisement

यसैबीच बिजसंसार डटकमले मिस्टर इन्टरनेशनल नेपाल २०१८ साजिद आलमलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । कार्यक्रममा सहभागिले नवनियुक्त ब्राण्ड एम्बास्डर आलमलाई बधाई दिनुका साथै विश्वसनीय तरिकाबाट सपिङ स्टोर सञ्चालन गर्न शुभकामना दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top