विराटनगरमा थप सय बेडको आइसोलेसन वार्डको निर्माण सुरु

१४ कात्तिक ७७, शनिबार

१५ कात्तिक, विराटनगर।
प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक केयर सेन्टर विराटनगरको सहकार्यमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप एक सय बेडको आइसोलेसन वार्ड निर्माण सुरु गरिएको छ । नागरिक समाजको अगुवाइमा विराटनगरमा सुविधा सम्पन्न नागरिक केयर सेन्टर निर्माण सुरु गरिएको हो ।

यसैबीच विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताए । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । मन्त्री घिमिरेले भने,‘ नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’

संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताए । निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय वेड निर्माणको काम भईरहेको जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिने उनले बताए ।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम शुरु गर्दा छिटो हुने बताए । अक्सिजन सहितको वेड तत्काल आवस्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले निजी क्षेत्रसँगको साँझेदारीमा काम शुरु गरिएको उनले बताए । उनले महानगर क्षेत्रमा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे ।

नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको वेड सञ्चालनका लागि काम भईरहेको बताए । सरकारले थप वेडको आवस्यकता महसुस गरेको खण्डमा त्यसका लागि नागरिक केयर सेन्टर तयार रहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top