विराटनगरमा प्रधानमन्त्रीले उद्घाटन गरेको बायो ग्यास बिग्रियो

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बिराटनगर– १४ जतुवास्थित बायोग्यास तीन साता नबित्दै बिग्रिएको छ । योग्यास बिग्रिएपछि घरमा थन्काएर राखेको सिलिण्डर फेरी काँधमा बोक्नुपर्ने स्थानीयलाई आपत आईपरेको छ ।

भदौ ५ गते उक्त बायोग्यास उद्घाटन गर्दा प्रधानमन्त्री ओलीले भनेका थिए – कम्तीमा ३२ घरकाले अब सिलिण्डर फाले हुन्छ । तर, प्रधानमन्त्रीले त्यसो भनेको तीन साता नबित्दै तीनै ३२ घर मध्येका एक शोभाकान्त यादवको परिवार फेरी सिलिण्डर बोकेर बजार निक्लिनुपरेको छ । जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनबाट उत्पादित गोबरग्यासको पाइप घरको भान्सामै पुगेपछि यादवले सिलिण्डर थन्क्याएका थिए ।

‘पाईपबाट ग्यास आएपछि सिलिण्डर थन्कायौँ’ उनले भने ‘तर, पाइपलाईनको ग्यास बन्द भयो, २/४ दिन बाटो हेरेर दाउरामा खाना पकायौँ, नआएपछि छोराले सिलिण्डर भरेर ल्यायो ।’ उनीजस्तै जतुवाका स्थानियले यस्तो समस्या खेप्नुपरेको छ ।

Advertisement

जतुवा स्थित श्रीकृष्ण गौसेवा सदनको गोबरग्यास प्लान्ट प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । हतारमा उद्घाटन गरिएकोले प्लान्टमा प्राविधिक समस्या आएको हो । अहिले भने ग्यास वितरण रोकेर थप काम भईरहेको छ ।अहिले भने ग्यास वितरण रोकेर थप काम भईरहेको छ । प्लान्टमा प्राविधिक समस्या आएपछि केही दिनको मर्मतका लागि ग्यास उत्पादन रोकिएको गौसेवा समितिका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिए ।आजको उद्घाष दैनिकमा यो समाचार छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top