विराटनगर एक मात्र वारुणयन्त्रको भरमा, महानगर भन्छ बिग्रिएकाको र्ममत गर्न बजेट छैन(भिडियो रिपोर्टसहित)

https://www.facebook.com/nepaltimesnews/videos/398071684277689/?t=1

विराटनगर, माघ १९
प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महागनरपालिकामा रहेका वारुणयन्त्रको अवस्था लथालिङ्ग रहेको पाईएको छ । आगलागी नियन्त्रणका लागि आकस्मिक रुपमा प्रयोग हुने महानगरपालिका भित्रका वारुणयन्त्रको व्यवस्थापन फितलो रहेको पाईएको हो ।

विराटनगर– ४ स्थित महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा हाल ५ हजार लिटर क्षमताका दुई वटामात्र दमकल सञ्चालनमा रहेका छन् । तर त्यसमध्ये एउटा राम्रो अवस्थामा रहेको छ भने अर्को बिग्रि रहने गरेको छ ।

Advertisement

वारुणयन्त्र कार्यालयमा रहेका ६ वटा दमकलमध्ये ४ वटा बिग्रिएका छन् जसमा २ वटामात्र मर्मत भई सञ्चालनमा आउन सक्ने अवस्थामा रहेका छन् । तर, ति दमकलहरुको मर्मतका लागि महानगरको ध्यान जान सकेको छैन । विराटनगरमा रहेका दमकलहरु दैनिक सरदर एक स्थानमाभएको आगलागीमा गईरहेका हुन्छन् । तर एकैपटक अन्य ठाउँमा आगलागी हुँदा तथा आगलागीमा थप दमकलको आवश्यकता परेमा दुहवी, इटहरी तथा रंगेलीलगायतमा ठाउँबाट वारुणयन्त्र ल्याउनुपर्ने अवस्था रहेको छ ।

Advertisement

गत पुस १९ गतेपनि एउटा यस्तै घटना घटेको थियो विराटनगर–४ मा स्थानीय उर्मिला दासको घरमा आगलागी भएपछि गएका दुई वटा वारुणयन्त्र मध्ये एउटा बिग्रिएर आगो नियन्त्रण नगरी फर्किएको थियो । सो घटनामा इटहरीबाट थप वारुणयन्त्र मगाएर आगलागी नियन्त्रण गरिएको थियो। विराटनगर महानगरपालिकाभित्रै दैनिक रुपमा आगलागीका घटना हुने गरेको भन्दै महानगरमा थप वारुणयन्त्र आवश्यक भएको विराटनगर वारुणयन्त्र कार्यालयका इन्चार्ज सुभाष कुँवरले बताए ।

उनले भने ‘हामी सँग अहिले २ वटा दमकल मात्र चालु अवसथामा छन्, त्यसमा पनि एउटाको त भरै छैन बारम्बार बिग्री रहन्छ । अहिले अब हावाहुरिको मौसम नजिकिँदो छ दैनिक जसो आगलागीका घटना भईरहन्छन् । यति दमकलले सेवा दिन हामीलाई अप्ठ्यारो परिरहेको छ ।’

महानगरपालिकामा दमकलको अवस्थाबारे विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने दमकलको संख्या भन्दा पनि सेवा कसरी सुचारु भई रहेको छ भन्ने कुरा महत्वपूर्ण भएको बताए । उनले महानगरपालिमा अहिले रहेका दुईवटा दमकलले दमकलले प्रशस्त रुपमा सेवा दिईरहेको दावी गरे ।

प्रवक्ता प्रधानले मर्मत गरेर चालु हालतमा ल्याउन सकिने दमकललाई मर्मतकालागि महानगरको बजेट कम भएका कारण ढिलो भएको स्वीकार्दै उनले चाँडै नै मर्मत गरिने दावी गरे । उनले भने ‘ दमकलको संख्या हेर्ने होइन । अहिले चालु अवस्थामा जुन दमकल छन् त्यसले कसरि काम गरिरहेका छन् त्यो हेर्ने हो । अहिले महानगरपालिकामा २ वटा दमकल छन् ति दमकलले प्रसस्त सेवा दिईँदै आएको छ । अन्य दमकल गर्न बजेट छैन । हामी बिग्रेका दमकल मर्मत गर्ने योजनामै छौँ तर बजेट अन्यन्त थोरै छुटिएको छ । ‘

महानगरले बिग्रिएका मध्ये २ वटा दमकल बन्न सक्ने जनाएपनि तिनको मर्मत खर्चको तथ्याङ निकालेको छैन । वारुणयन्त्र कार्यालयमा १८ जना कर्मचारी कार्यरत छन् । तर नयाँ ऐन र नयाँ प्रविधि बुझेको नेतृत्व गर्ने कर्मचारीको अझै आवश्यकता रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top