विराटनगर जोड्ने पहिलो प्रादेशिक सडकको शिलान्यास

२३ भदौ, विराटनगर । मोरङको विराटचौक–घिनाघाट जोडने कुल २२ किलो मिटर लामो सडक मध्ये दुबै तर्फको पहिलो चरणमा ठेक्का लागेको १०÷१० किलोमिटर सडक निर्माणको मुख्यमन्त्री शेरधन राईले आइतबार एक कार्याक्रमकाबीच शिलान्यस गरेका छन् ।

प्रदेश सरकारको ठूला लगानीको पहिलो प्रादेशिक सडकको शिलान्यस भएको हो । विराटनगर–घिनाघाट जोडने सो सडक आगामी असोज महिनाबाट बिस्तार गरी चार लेनको बनाउने काम शुरु हुनेछ ।

Advertisement

सडक शिलान्यस गर्दे मुख्यमन्त्री राईले विराटचौक–घिनाघाट जोडने चार लनेको सडकको निर्माणले गति लिनमा संघीयताको प्रतिफल भएको दाबी गरे । मुख्यमन्त्री राईले प्रदेशको समृद्धिको ढोका खोल्न सो सडकलाई सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढेको बताए ।

विराटनगर महानगरपालिकादेखि सुन्दरहरैचा जोडने सो सडक दुई बर्षमा सक्ने गरी कुल १अर्ब ३७ करोड लागतमा ठ्ेक्का लागेको थियो । हाल दुई लेनको रहेको सडकलाई बिस्तार गरी ४ लेनको बनाइनेछ । सेन्टरदेखि ३५÷३५ मिटर चौडा हुने सो सडक निर्माणको जिम्मा श्रेष्ठ रमन एपेक्स जेभीले पाएको छ ।

Advertisement

प्रदेश सरकारको लगानीका निर्माण हुने पहिलो प्रादेशिक सडकले प्रदेश राजधानी विराटनगरसंग मेची अञ्चलबासीले बैकल्पिक र छोटो राजमार्गका रुपमा जोडने मार्गका रुपमा प्रयोग गर्न सक्नेछन् । प्रदेशको लगानीमा निर्माण हुने सो सडक प्रदेशको राजधानी विराटनगरको पुष्पलालचौक हुदै बैजनाथपुर,झोराहाट,नेताचौक र हरैचा हुदै महेन्द्रराजमार्गसंग जोडिनेछ । सडक निर्माण भएपछि त्यस क्षेत्रका जनतालाई आवगमनमा सहज हुनका साथै प्रदेशको राजधानी जोडने बैकल्पिक मार्गका रुपमा विकास हुनेछ ।

प्रदेश सरकारको लगानीमा चार लेनको सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चापपनि कम हुने विश्वास लिइएको छ। प्रदेश एकले चालु आर्थिक बर्षका लागि सडक र पुलको विकासका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । १ नं प्रदेशले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा गाउँदेखि सहर र सहरदेखि प्रदेश जोड्नेसहितका सडक पूर्वाधारका योजनालाई मुख्य प्राथमिकतामा राखेको छ ।

Advertisement

भर्खरको समाचार

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

सम्बन्धित समाचार

Scroll to Top