विराटनगर वडा नम्बर ३ मा पुस १ देखि प्लाष्टिक प्रतिबन्ध

विराटनगर, मंसिर १०
विराटनगर महानगरपालिकालाई प्लाष्टिकमुक्त महानगर बनाउन पहल सुरु गरिएको छ । विराटनगरको वडा नम्बर ३ बाट प्लाष्टिकमुक्त अभियानको सुरुवात गरिने भएको हो ।

विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्लाष्टिकजन्य वस्तु तथा प्लाष्टिकको झोला नियमक तथा नियन्त्रण अभियान मार्फत अभियानको सुरुवात गरिन लागिएको हो । अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष विनोद बस्नेतले पुस १ गतेदेखि आफ्नो वडालाई प्लाष्टिक निषेधित वडा बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्लााष्टिकजन्य फोहोर व्यवस्थापन र सिक्स लेनको सडक निर्माणमा चुनौती रहेको भन्दै सबै साझा अभियान र प्रयासले विराटनगरलाई प्लाष्टिकमुक्त शहर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकाका वातावरण शाखा प्रमुख अनिता न्यौपानेले प्लाष्टिकजन्य फोहर व्यवस्थापनका लागि कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले विराटनगरमा दैनिक १ सय ५७ मेट्रिक टन फोहर उत्पादन हुने जानकारी दिदै जसमा कागजजन्य फोहर ८ प्रतिशत, प्लाष्टिकजन्य फोहर ९ दशमलब १८ प्रतिशत, कपडाजन्य फोहर ३ दशमलब शून्य २ प्रतिशत, धातुजन्य फोहर शून्य दशमलब ९२ प्रतिशत, सिसाजन्य फोहर २ दशमलब ५० प्रतिशत, रबरजन्य फोहर शून्य दशमलब ५४ प्रतिशत, निर्माणजन्य फोहर २ प्रतिशत, अन्य फोहर ४ दशमलब ३३ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

Advertisement

कार्यक्रममा सहकार्य गरेर अगाडि बढ्न सके महानगरपालिकालाई प्लाष्टिकमुक्त महानगर बनाउन सकिने सहभागीहरुले बताएका थिए । २० माइक्रोन भन्दा तलको प्लाष्टिकको झोला स्वास्थ्यका लागि अझै हानिकारक भएकोले बोक्न प्रतिबन्ध लगाउनु पर्ने सहभागीहरुले बताएका थिए । यस्तै गुट्का , खैनीको खोल क्यान्सरको कारक भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै स्थानीय टोल संगठन विराटनगरका केदार कार्की, दुर्गा चापागाई, मेघराज श्रेष्ठ लगायतले विराटनगरलाई प्लाष्टिकमुक्त शहर बनाउन ठोस योजना लिएर महानगरपालिका अगाडि बढ्नुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले प्लाष्टिकमुक्त शहर बनाउन सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top