विवाद रहित भएको दिन पार्टी नै रहँदैन : अध्यक्ष प्रचण्ड

१५ फागुन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र विवाद र समस्या आइरहने बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवाद रहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन सम्यवादमा नपुग्दा सम्म विवाद, संघर्ष, भूमरी परिराख्ने र ठक्कर खाने भइराख्ने बताए । त्यसलाई सबैले स्वीकार्नुपर्ने उनले बताए । पार्टीमा विवाद र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताउँदै त्यसकै कारण पार्टी विभाजन र विघटन नहुने बताए । उनले अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रुपमा विकास गर्न पनि विवाद, संघर्ष, भूमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्ने बताए ।

उनले पार्टी पार्टी जमेको पोखरी नभएको भन्दै भुमरी परिरहने र गडगडाउँदै अगाढि बढ्ने बताए । उनले भने ‘अब कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरी जस्तो होइन, मलाई लाग्छ कम्ब्रेडहरुले यो कुरा पनि बुझ्नु भएको होला कम्युनिष्ट पार्टीको परिभाषा गर्दा यो द्धन्द्धात्मक भौतिक वादी यसले संघर्समा विश्वास गर्ने बहसमा विश्वास गर्ने भएको हुनाले यो कम्युनिष्ट पार्टी एउटा गडगडाउने खोला जस्तो यो कहियौं ठक्कर खाँदै भत्काउँदै भेरी भुमरी पर्दै फेरी अगाडी बढ्दै महासागरतिर लम्कने साम्यवादतिर लम्कने पार्टी हो कम््युनिष्ट पार्टी । हामी कतिपयलाई लाग्छ यो शान्त भइदिए हुन्थ्यो यो शिष्ट भइदिए हुन्थ्यो नेता कार्यकर्ताको बीचमा अनावस्यक बहस र विवाद नभइदिए हुन्थ्यो खुरुक्क मिलेर सबै एकमुख भएर हिडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । हुनत त्यस्तै होेस भन्ने हाम्रो चाहना हो । हामी त्यसैको निम्ति कोसिस गर्ने हो सबै एकताबद्ध हुन कोसिस गर्ने हो तर जुन दिन यो साँच्चै शान्त साँच्चै एकजुट साँच्चै विवादरहित साँच्चै त्यस्तो भयो त्यो दिन देखि त्यो पार्टी चाहिंदैन् । वास्तवमा माक्र्सवादिहरुले माक्र्सदेखि सबै नेताहरुले भनेको कुरा के हो भने जुन दिन त्यस्तो स्थिति आउँछ विवाद रहित बन्ने दिन आउँछ त्यो दिन साम्यवाद हो साम्यवादमा कम्युनिष्ट पार्टी रहदैन चाहिंदैन कुनैपनि पार्टी चाहिंदैन् । ‘

Advertisement

दुश्मनका गोलीले लडाउन नसेको कम्युनिष्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने बताए । उनले पार्टी मुलभुत रुपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने बताए । उनले विचार र विधिको एकरुपता बाट नै पार्टीको जीवन र गति निर्धारण हुने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top