विश्वकप ःमेसीको पेनाल्टी प्रहार विफल हुँदा अर्जेन्टिना बराबरीमा राेकियाे,आज तीन खेल हुँदै

0SHARES

३ असार २०७५ नेपाल टाईम्स

विराटनगर : फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।

अर्जेन्टिनाका सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुशी तुल्याए। तर उक्त खुशीलाई आइसल्याण्डले धेरै समय रहन दिएन ।

खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार गोल नै अर्जेन्टिनाको खेललाई बराबरीमा राख्न सफल सावित भएको छ ।

समूह घ बाट भएको पहिलो खेलमा अर्जेन्टिनाको नियन्त्रणमा अधिकांश समय बल नियन्त्रण रहेको भएपनि गोल लगाउन भने दक्षिण अमेरिकी समूह चुकेको छ ।

विश्वकपमा आज राती तीन खेल हुनेछन् ।पहिलो खेल कोस्टा रिका र सर्बियाको नेपाली समय अनुसार साँझ ५ः४५ मा हुने छ भने दोस्रो खेल जर्मनी र मेक्सिकोको बेलुका ८ः४५ मा हुनेछ । त्यस्तै अन्तिम खेल ब्राजील र स्वीट्जरल्याण्डको राती ११ः४५ मा हुने छ ।

विज्ञापन बक्स