विश्वकप आयोजक कतारको एसियन गेम आयोजना गर्ने इच्छा

१८ मंसिर, काठमाडौं । कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ ।

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो ।

Advertisement

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ । हाल सम्म कतार र साउदी अरेबियाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् ।

नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । नेपालसँगै ४५ देशहरुले मतदान गर्नेछन् ।

Advertisement

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतार र नेपालको बीचमा रहेको कुटनीतिक सम्बन्ध र धेरै नेपालीहरुले कतारमा रोजगारी पाएको हिसाबले पनि कतारी ओलम्पिक कमिटीले नेपालको समर्थनको अपेक्षा गरेको बताए ।

यद्यपी कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताए । कतार ओलम्पिक कमिटीको टोलीले एसियन खेलुकदलाई नमुनाको रुपमा आयोजना गर्ने बताएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो । यस अघि २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top