विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४९ लाख नाघ्यो

१३ भदाै, जेनेभा।
विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना को मृत्यु भएको छ । सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ६७ लाख ७६ हजार ७२० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६० लाख ९६ हजार ७५६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८५ हजार ९६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

Advertisement

ब्राजिलमा ३८ लाख १२ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । एक लाख १९ हजार ५९४ जनाको मृत्यु भएको छ । भारतमा ३४ लाख ६८ हजार २७२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ६२ हजार ७५० जनाको मृत्यु भएको छ ।

रुसमा ३३ लाख ८५ हजार ३४६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १७ हजार २५ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख २९ हजार ९६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २८ हजार ४७१ जनाको मृत्यु भएको छ ।

Advertisement

दक्षिण अफ्रिकामा ६ लाख २० हजार १३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १३ हजार ७४३ जनाको मृत्यु भएको छ । कोलम्बियामा पाँच लाख ९० हजार ५२० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ७६७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा पाँच लाख ८५ हजार ७३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ६३ हजार १४६ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ५५ हजार ६२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ११ जनाको मृत्यु भएको छ ।

चिलीमा चार लाख ५ हजार ९७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ११ हजार १३२ जनाको मृत्यु भएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top