विषाक्त मदिरा प्रकरणः मजदुरले खाएको खाना र मदिरा परीक्षणका लागि पठाइँदै

६ साउन ७८, बिहीबार

७ साउन, म्याग्दी ।

विषक्त मदिरा सेवन गरेपछि बिरामी परेका चार जनाको मृत्यु भएको घटनामा अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी सदरमुकाम फर्किएको छ ।

गलकोट नगरपालिका–७ मल्म पुगेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीको पाँच सदस्यीय टोली घटनास्थलको स्थलगत अनुसन्धान गरेर फर्किएको हो ।

Advertisement

प्रहरीले घटनामा मृत्यु भएका र गम्भीर बिरामी परेका मजदुरले सेवन गरेको मदिरा र खानाको नमूना लिएर फर्किएको हो । प्रहरीले घटनास्थलबाट ल्याएको मदिरा र खाना परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

गत सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मङ्गलबार बिहान मृत्यु भएको थियो ।

Advertisement

दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीन घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षीय दीपेन्द्र पुनमगर र ३९ वर्षीय दूधबहादुर राना रहेका छन् ।

“त्यहाँ त के भेटिन्थ्यो र ? सोधपुछ गर्ने काम भयो, छिमेकीले पनि त्यहीँबाट रक्सी ल्याएर खाएको भन्छन्”, अनुसन्धानका लागि घटनास्थल पुगेका हवारीले भने, “अब खाना, मदिरा र भिसेरा रिपोर्ट जे आउँछ त्यसको आधारमा अनुसन्धान अघि बढ्छ ।”

घटनास्थलमा पुगेको प्रहरीले मजदुरले सधैँ मदिरा खाने गरेको र त्यो दिन पनि त्यसै भएको बताएका थिए । शव धौलागिरि अस्पतालको शवगृहमा राखिएको छ ।

रोल्पाबाट आफन्त बुधबार बिहानमात्रै बागलुङ आइपुगेका छन् । “उहाँहरु आएको खबर छ, जाहेरी आएपछि मात्रै परीक्षण हुन्छ”, प्रहरी उपरीक्षक पल्लीमगरले भने, “परीक्षणपछि भिसेरा र खाना तथा मदिरा एकैपटक विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।” आफन्तले भने रिपोर्ट आएपछि मात्रै शव बुझ्ने बताउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top