वीरगन्जमा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु

४ असोज, वीरगन्ज ।
वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। तीन जना संक्रमितको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृत्यु भएको हो।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका– १ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको छ । श्वासप्रश्वसमा समस्या भएपछि भदौ ३१ गते अस्पताल भर्ना गरिएको उनको स्वाब परीक्षणको क्रममा शनिबार नै पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

यस्तै वीरगजस्थित नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकाख ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनी मधुमेह र मुटुरोगी रहेको चिकित्सकले बताएका छन् । उनको उपचारका क्रममा उनको आइतबार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले बताए ।

Advertisement

यसैगरि वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षिय बृद्धको पनि आइबार बिहान मृत्यु भएको छ। वृद्धलाई असोज २ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको आइतबार बिहान १ बजे उपचारको क्रममा मृत्यु भएको ठाकुरले बताए ।

ठाकुरका अनुसार मेडिकल कलेजको बाबा होटलमा सन्चालित अस्थायी कोभिड अस्पतानलमा वीरगन्ज ४ बिर्ताका ७८ वर्षीय वृद्धको शनिबार अपरान्ह ४ बजे मृत्यु भएको छ ।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top