वुमेन च्याम्पियन्स लिगमा विराटनगरको दोस्रो जित

१ कार्तिक, काठमाडौं । वुमेन च्याम्पियन्स टि-२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ ।

विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको हो । ९५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वा्धिक २३ को योगदान दिइन् ।

कप्तान सिता राना मगरले बोल्ड आउट गर्नुअघि २३ बलमा २ चौका प्रहार गरिन् । त्यस्तै अस्मीना कर्मचार्य २१ बलमा २ चौका सहित १६ रनमा अविजित रहिन् । पहिलो ओभरको चार बलमै ओपनर सोनु खड्का शून्यमा रन आउट भएकी थिन् । छैटौं ओभरको पाँचौ बलमा ओपनर ज्योती पाण्डे २२ रनमा क्याच आउट भइन् ।

Advertisement

अनुराधा चौधरीले सिता राना मगरबाट क्याच गराउनु अघि पाण्डेले १६ बलमा ४ चौका प्रहार गरिन् । दशौं ओभरको तेस्रो बलमा कप्तान सरिता मगरले डली भट्टलाई १२ रनमा कट एण्ड बोल्ड आउट गरिन् ।

पोखराका लागि सिता मगरले २ र अनुराधा चौधरीले १ विकेट लिइन् । त्यसअघि शुक्रबार विहान टस जितेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन मात्रै बनाउन सक्यो । पोखराको लागि कविता कुवरले २३ बलमा २ चौका सहित सर्वा्धिक २२ रन बनाउँदै अविजित रहिन् ।

Advertisement

सरस्वती मगर १० रनमा अविजित रहिन् । तेस्रो ओभरको तेस्रो बलमा ओपनर रुबी पोदरलाई १ रनमा गुमाएको थियो । उनलाई सोनु खड्काले विकेटकीपर ज्योती पाण्डेबाट क्याच आउट गराइन् । छैटौं ओभरको पहिलो बलमा विन्दु रावललाई सवनम राइले ५ रनमा पाण्डेबाट क्याच आउट गराइन् ।

दशौं ओभरको तेस्रो बलमा रेवती धामीलाई सवनम राइले १२ रनमा पेभिलिएनको बाटो देखाइन् । १४ ओभरको दोस्रो बलमा कप्तान सिता राना मगर १६ रनमा रन आउट हुन पुगिन् । उनी यसअघि खेलमा पनि रनआउट भएकी थिइन् । १५ औं ओभरको पहिलो बलमा अन्जली चन्द १५ रनमा रन आउट भइन् ।

कविता कुवरसँग रनमा तालमेल गर्न नसक्दा चन्द रन आउट हुन पुगेकी थिइन् । चन्दले १९ बलमा २ चौका प्रहार गरिन् । विराटनगरकी सवनम राइले ४ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिदा सोनु खड्काको नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गरेको थियो । विराटनगरले तेस्रो खेलमा शनिवार क्याट क्विन्स काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

लगातार दोस्रो हारसँगै पोखराको शीर्ष स्थानमा रहेर स्वत फाइनल खेल्ने संभावना झिनो बाँकी रहेको छ । पहिलो खेलमा पोखरा काठमाडौंसँग ८२ रनले पराजित भएको थियो । पोखराले अब तेस्रो खेल शनिबार चितवन राइनोजसँग खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top