५ असार, काठमाडौं ।
सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ । शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निणर्य गरेको हो ।
बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुलाई उद्दार गर्ने गाइडलाइन बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
वैदेशिक राजगारीमा जानेलाई श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निणर्य गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।
बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निणर्य गरेको छ । क्वारेन्टाईनकोे अनुगमन तथा सहजीकरण र आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।