१६ जेठ, काठमाडौं ।
काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी भएको एक महिनाको अवधिमा लगभग पाँच हजार जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट गएको जेठ १६ गतेपछि मात्रै लगभग पाँच हजार जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए ।
कोरोना महामारी रोकथामका लागि सरकारले गएको वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । २३ गते मध्य रातिदेखि भने अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेको थियो ।
अन्तर्राष्ट्रिय उडान पनि बन्द हुनु र काठमाण्डौमा निषेधाज्ञा जारी भएसँगै विभागले पनि भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने अन्तिम श्रम स्वीकृति, नयाँ श्रम स्वीकृति लगायत सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत प्रदान हुने पुनः श्रम स्वीकृति भने लिन सकिन्छ ।
तर नियमित उडान बन्द भएको समयमा पनि चार्डड जहाजमार्फत नेपाली नागरिक पनि विदेश जान सक्ने व्यवस्था गरेपछि कतिपय श्रमिकलाई कम्पनीहरूले जहाज चार्डड गरेर नै नेपालबाट लगेको र कतिपय गन्तव्य देशबाट आएका चार्डड जहाजले श्रमिकहरू लिएर गएका छन् ।
यसरी जाने श्रमिकलाई भने कार्यालयबाट पनि सेवा दिइएको महानिर्देशक दवाडीले बताए । ‘चार्डड जहाजमार्फत जाने लगभग ५० देखि ६० जनालाई हामीले कार्यालयबाटै सेवा दिएका छौँ,’
उनले भने,‘यदि कार्यालयसम्म आउन सक्नुहुन्छ भने अत्यावश्यक काम हामीले कार्यालय खोलेर गरिदिइरहेका छौँ र अब पनि गर्छौँ ।’