शनिबार बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठक असार २२ गतेसम्मका लागि स्थगित

२० असार, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ ।

शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष तथा दुवै पद नछोड्ने ओलीको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ ।

तर पार्टीका दोस्रो पुस्ताका नेताहरु कुनै पनि हालमा दुई अध्यक्ष मिल्नु र पार्टी एकतालाई जोगाउनुको विकल्प नरहेको भन्दै पहल जुटेका छन् । तर त्यसले खासै प्रगति गरे जस्तो देखिएको छैन । समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो ।

Advertisement

सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए । ओली–प्रचण्डको सो छलफलमा ओलीले आत्मालोचना गरी गएको मंसिर ४ गते भएको सहमति अनुसार अघि बढ्ने प्रारम्भीक सहमति बनेको बताइएको छ । ओली र प्रचण्डबिच शनिबार पनि छलफल हुने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

स्थायी कमिटिमा अल्पमतमा परेका ओलीले कुनै पनि हालतमा पद नछोड्ने भए पनि प्रचण्ड–नेपाल पक्षले अरु विकल्पहरु पनि विचार गरिरहेको बताइन्छ।

Advertisement

बिहीबार मन्त्रीपरिषदले अप्रत्यासित रुपमा संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको तथा राष्ट्रपतिले लगत्तै स्वीकृत गरेको घटनापछि पार्टी फुटाउन ओलीले अध्यादेश ल्याउन सक्ने भन्दै एकताको पक्षमा रहेका नेकपा नेताहरु चिन्तामा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top