शरद र बसन्त नेपाल–बंगलादेश बैंकको ब्रान्ड एम्वासडर

३ भदौ ७५, सोमबार

विराटनगर,भदौ ४
नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण दुई सदस्य शरद भेषावाकर र बसन्त रेग्मी नेपाल बंगलादेश (एनबी) बैंकको ब्राण्ड एम्बासडर भएका छन् । बैंकले आइतवार कमलादीस्थित कार्यालयमा दुई खेलाडीसँग दुई वर्षको लागि भएको सम्झौतामा ज्ञानेन्द्र प्रसाद ढुंगाना र क्रिकेट खेलाडीद्वय शरद र बसन्तले हस्ताक्षर गरे ।

बैंकका सिइओ ढुंगानाले आगामी दुई वर्षका लागि दुई लेजेण्ड खेलाडीसँग सम्झौता गरेको र यो सुरुवात भएको बताए ।‘अहिले क्रिकेटमा चार्म बढ्दैछ । हामीले नगरे कसले गर्छ । राज्यसँग पनि ठूलो स्रोत छैन । त्यसैले कर्पोरेट क्षेत्रलेले पनि खेलाडीलाई सहयोग गर्नुपर्छ भनेर यो काम गरेका हौं ।’ सिइओ ढुंगानाले भने, ‘भोलिको दिनमा पनि नेपाली खेलाडीलाई सहयोग गर्नका लागि हामीले लेजेण्ड खेलाडी छानेका हौं । हामी उनीहरुलाई लिए देशका विभिन्न स्कुल कलेजमा जानेछौ । नयाँ खेलाडीलाई पनि क्रिकेटमा लाग्न प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना हो ।’

एम्बासडर नियुक्त भएपछि शरद र बसन्तले एनबी बैंकलाई धन्यवाद दिँदै यसले आफूहरुलाई सहयोग पुग्ने बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सेन्चुरी बैंक तथा उपकप्तान सिटिजन्स बैंकको ब्राण्ड एम्बासडर नियुक्त भइसकेका छन् । यस्तै सन्दीप लामिछाने सानिमा बैंक तथा दीपेन्द्रसिंह ऐरी ग्लोबल आइएमई बैंकसँग अनुबन्ध भइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top