×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

शिक्षा सदनका अवकाशप्राप्त शिक्षकलाई पूर्वविद्यार्थीको सम्मान

१८ माघ २०७६

१८ माघ, विराटनगर ।
व्यक्तिले समाजमा जब कुनै सकारात्मक काम गर्छ, उ केही न केही गुरुबाट या भनौँ शिक्षकबाट प्रभावित भएको हुन्छ ।सही मार्ग दर्शकले देखाएको बाटोबाट नै धेरैले सफलता चुमेका हुन्छन्। उसले गुरुबाट जे सिक्छ, अरुलाई पनि त्यही सिकाउँदै जान्छ ।

विद्यार्थीले सफलताको शिखर चढेपछि अवश्य आफुलाई शिक्षा दिने गुरुहरुलाई पनि सम्झिन्छन् । शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्न पहल गर्ने यीनै गुरुहरुको योगदानलाई मध्यनजर गर्दै विराटनगर–६ सरौचियास्थित शिक्षा सदन माविका पूर्व विद्यार्थीहरुले विद्यालयका अवकाशप्राप्त शिक्षकहरुलाई सम्मान गरेका छन् ।  उनीहरुले थोरै भएपनि गुरुप्रतिको ऋण चुकाएका छन् ।  विद्यालयको पूर्व विद्यार्थी समाजले शनिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी १३ जना अवकाशप्राप्त शिक्षकहरुलाई सम्मान गरेको हो ।

Advertisement
Advertisement

सम्मानित हुनेमा विद्यालयका संस्थापक समेत रहेका स्व.राम सुन्दरप्रसाद वर्मा, श्री कुशेश्वर कामत, जुगल किशोर कामत, स्व. रामावतारप्रसाद वर्मा, चन्दन तालुकदार, रतिचन्द्र राजवंशी, किरण श्रेष्ठ, धनिकलाल राय, अर्चनावाला दास, अनिता दास, योगेन्द्रप्रसाद यादव, हिरालाल मण्डल र चन्द्रीका शाक्य रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडा, पूर्व विद्यार्थी समाजका अध्यक्ष अफजल हुसेन(गुलजार), सचिव रामनारायण साह लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथी नगर शिक्षा अधिकारी खतिवडाले विद्यार्थीहरुले आफुलाई शिक्षा दिने शिक्षकहरुलाई सम्मान गर्नु अत्यन्तै खुसीको कुरा भएको बताउँदै महानगरपालिकाले पनि उत्कृष्ट शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम ल्याएको बताए ।

कार्यक्रममा पूर्व विद्यार्थीहरुले आफुहरुले हात पारेको सफलतामा शिक्षकहरुको ठूलो हात रहेको भन्दै विद्यालयका शिक्षकहरुको प्रशंसा गरेका थिए । विद्यालयको आवश्यक विकासका लागि आवश्यक सहयोग गर्ने पनि पूर्व विद्यार्थीहरुले प्रतिबद्धता जनाएका छन् । सम्मानित शिक्षकहरुले पनि पूर्व विद्यार्थीहरुले आफुहरुलाई सम्मानित गरेकोमा खुसी व्यक्त गरे ।

Advertisement
Advertisement

वि.सं २००६ मा स्थापना भएको सो विद्यालय विराटनगरकै पूरानो विद्यालय मध्येको एक हो । ७ कठ्ठा क्षेत्रफलमा फैलिएको सो विद्यालयमा हाल कक्षा १ देखि १० सम्म ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने २४ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top