शोक प्रस्तावले संसद स्थगित भएपछि प्रधानमन्त्रीको सम्बोधन भोलि

२ फागुन, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले वर्तमान राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारिन गरेको हो । उपाध्याय २०७४ सालको निर्वाचनमा प्रदे् ५ बाट नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

क्यान्सर रोगबाट पीडीत उहाँको उपचारको क्रममा शुक्रबार निधन भएको थियो । बैठकले उपाध्यायको निधनमा शोक व्यक्त गदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मौनधारण पनि गरेको छ ।

Advertisement

शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०७४ सालको निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, सरल एवं भद्र व्यक्तित्वको रुपमा परिचित, सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा सक्रिय नेता दुर्गा प्रसाद उपाध्यायको ५१ बर्षको उमेरमा मिति २०७६ साल फागुन २ गते शुक्रबार क्यान्सर रोगको उपचारको क्रममा असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ र उहाअँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

Advertisement

यसैबीच, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने पुर्व निर्धारित कार्यक्रम पनि स्थगित भएको राष्ट्रियसभा सदस्य उपाध्यायको निधनका कारण स्थगित भएको छ ।

शुक्रबार स्थगित प्रधानमन्त्रीको सम्बोधन शनिबार हुने भएको छ । प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top