×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

संविधानको मर्म र भावनालाई फेरि बेवास्ता गरेको हाम्रो ठहर छः प्रकाशशरण महत

७ जेष्ठ २०७८

७ जेष्ठ, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिको असंबैधानिक कदमलाई परास्त गर्न अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानमाथि जालसाझी गर्ने काम भएको निष्कर्षका साथ त्यस विरुद्ध एकजुट हुने निर्णय भएको बताए ।

उनले भने, “ प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको छ । नेपाली कांग्रेसले यसको विरोध गर्छ । प्रधानमन्त्रीले राजीनामा गरेको छैन , प्रधानमन्त्री अपदस्त भएको छैन । प्रधानमन्त्री हुँदा हुदै अर्को प्रधानमन्त्रीको लागि थोरै समय दिएर अर्कौ प्रधानमन्त्रीको लागि आव्हान गरेको थियो भन्ने पार्नलाई संविधानमाथि जुन जालसाझी भईरहेको छ, नेपाली कांग्रेस यसको विरुद्धमा एकमत भएर उभिन्छ । हामी संविधान बचाउनका लागि सबै पार्टीसंग कुरा भईरहेको छ । कुरा गरेर ठोस कदम चाल्छौ ।”

त्यसैगरी सहमहामन्त्री प्रकाशशरण महतले पटक पटक संविधानको मर्म र भावनालाई कुल्चिने काम सरकारबाट भएको र पछिल्लो घटनाक्रम पनि त्यसकै निरन्तरता भएको भन्दै त्यस विरुद्ध लड्नका लागि दलहरुसंग सबै विकल्पबारे छलफल गर्ने निर्णय बैठकमा भएको बताए ।

उनले भने, “संविधानको ७६, ५ अनुसार सरकार बनाउन जुन आव्हान गरिएको छ । संविधानको मर्म र भावनालाई फेरि पनि वेवास्ता गरेको हाम्रो ठहर छ । ७६ ३ अन्र्तगत बनेको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने विश्वास उनलाई नभएपछि उहाँले राजीनामा दिनुपथ्र्यों । राजीनामा दिएपछि ७६, ५ को प्रक्रिया अघि बढाएर यथेष्ट समय दिए राष्ट्रपतिले अर्को सरकार बनाउने प्रक्रियालाई अगाडि बढाउनुपथ्र्यो । र निरन्तर रुपमा संविधानको मर्म र भावनालाई कुल्चिने काम धेरै अगाडि देखि प्रधानमन्त्रीको नेतृत्वमा यो सरकारले गर्दै आएको छ । त्यसमा राष्ट्रपतिले पनि पटक पटक त्यो किसिमको प्रवृति देखाएको स्पष्टै छ । यो हाम्रो निष्कर्ष हो । संगसंगै सबै विकल्पमा हामी छलफल गर्छौ । लोकतन्त्रको रक्षाको लागि र ओली सरकारले संविधानको मुल भावना र मर्मलाई एकपछि अर्को गर्दै कमजोर पार्ने कोशिस भईरहेको छ । त्यो प्रवृत्तिलाई हावी हुन नदिनका लागि सबै विकल्पमा छलफल गरेर हामी निषकर्षमा पुग्छौ। ”

घोर जालसाझी गरका हामी अन्य दलहरुसंगको छलफबाट कसरी अघि बढ्ने ।

Advertisement
Advertisement

यसैबीच,कांग्रेसले आव्हान गरेको सर्वदलिय बैठक अहिले देउवा निवासमा बस्दैछ । बैठकका लागि अहिले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधव नेपाल पनि बुढानिलकण्ठ पुगिसकेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top