संविधान निगरानी समूहले भन्यो- ‘युक्तियुक्त कारण विना सदन विघटन’

११ जेठ ७८, बुधबार

१२ जेठ, काठमाडौं ।

संविधान निगरानी समूह(कन्स्टिच्युशन वाच ग्रुप)ले प्रतिनिधिसभा विघटनको विषयलाई संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौती तथा अचिन्तित परिणामको सम्बन्धमा गम्भीर विचलन र अवरोधका रुपमा लिएको जनाएको छ ।

संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयास हुँदै गर्दा सर्वोच्च अदालतको फागुन ११ को फैसलाबमोजिम पुनस्र्थापित प्रतिनिधिसभाको युक्तियुक्त कारण विना सदन विघटन गरेको समूहको ठहर छ ।

Advertisement

दिगो संसद्को संरचनासहित जारी भएको वर्तमान संविधानको कार्यान्वयन जटिल मोडमा पुगिरहेकै बेला अदालतबाट पुुनस्र्थापित भएका घटनालाई सम्मान गर्दै उक्त समूहले न्यायिक निर्णयको औचित्य नै विस्थापित पार्ने गरी रणनीतिक सोच राख्नु कानूनी राज्यको सिद्धान्त विपरित भएको उल्लेख गरेको छ ।

पुनस्र्थापित प्रतिनिधिसभाको संवैधानिक भूमिकामार्फत विधायिकी एवं संवैधानिक प्रश्नको स्वीकार्य समाधान खोज्नुपर्नेमा संसदीय भूमिका नै न्यून बनाएर पन्छाउँदै बाहिरबाट कार्य सम्पादन गर्नुको औचित्य स्थापना गर्न खोज्ने प्रयासले संसदीय निर्वाचन संसद् र सान्दर्भिकताको औचित्य घट्दै जानेतर्फ सबैको ध्यानाकर्षण गरिएको छ ।

Advertisement

कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्य र जीवन रक्षामा अभूतपूर्व सङ्कट फैलिएको अवस्थामा सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्न लाग्नुपर्नेमा सत्ता प्राप्तिका लागि जुनसुकै कार्य गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय नभएको समूहको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न भएको बन्दाबन्दी र स्वास्थ्य सङ्कटकालका विविध अवस्थाले घोषित मितिमा स्वतन्त्र निर्वाचनका लागि जरुरी हुने अनुकूल वातावरणलाई पुष्टि नगर्ने जनाउँदै संस्थाले संविधानले संरचना गरेको विधि र पद्धतिभित्र सबै समस्याको समाधान खोज्न प्रतिनिधिसभा तथा त्यहाँबाट विश्वास प्राप्त सरकारमार्फत खोजिनुपर्नेमा जोड दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top