संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने सरकारको निर्णय

९ जेष्ठ, काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो ।

Advertisement

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले न्युज अफ नेपाललाई जानकारी दिए ।

अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरिसकेको छ ।

Advertisement

संविधानको निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुनेछ ।

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ । निशान छाप परिवर्तन गर्नको लागि संसदमा सबै राजनीतिक दलले समर्थन गर्ने जनाइसकेका छन् । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top